रम्बास् कविता:अचानो

 

अचानो


मेरो
दुरुस्तै
तिम्रै जस्तो
तन्तु तन्तुका
रक्त चापहरू
थापेर   हेर  चोट
बुझेको छ अचानोले
कल्पना  गर्नु  र  यथार्थ
निकै  फरक  हुन्छ  हजुर
घोडा र गाडी मिल्दैन है
पानी र तेल मिल्दैन
निस्शुल्क र शुल्क
धन   र  निर्धन
कहाँ मिल्छ र
ढु क ढु की
ए उ टै
मिल्ने
छ ।

मोहन गौतम,
सिक्किम

Comments are closed.