कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौं- गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन्। गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्।

प्रेमिल भावको यस गीतमा शब्द तथा संगीत भीम विसीको रहेको छ। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्।

‘निरमाया’को भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कविराज गहतराज हुन्।

सञ्जय लामाले छायांकन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।

भिडियो:

Comments are closed.