अर्जुन सापकोटाको ‘बम्मै जानी रेलैमा’ सार्वजनिक

काठमाडौं,  । युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ । बिहीबार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

टिकटकमा एक किसिमको चर्चा पाएसँगै गीत सार्वजनिक गरिएको हो । गीतमा गायक अर्जुन सापकोटा  र गायिका शान्तिश्री परियारको स्वर छ ।

गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार दिउँसोसम्म भिडियोको भ्युज एक लाख पुगिसकेको छ ।

‘‘टिकटक, युट्युब लगायत सबैतिर राम्रो हुँदैछ । प्रतिक्रियाहरू पनि एकदमै राम्रो आएका छन्’ गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहनुभएका अर्जुनले गीतलाई आएका प्रारम्भिक चरणको प्रतिक्रियाबारे भन्नुभयो, ‘उत्साहित सँगै राम्रो हुनेमा विश्वस्त छौँ ।’’

यस गीतको शब्द गीतकार शिव हमालले रच्नुभएको हो । गायक अर्जुनकै संगीत रहेको गीतका एरेन्जर सुनिल परियार हुनुहुन्छ ।

Comments are closed.