काठमाडौं –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६८ जना राजपत्राङ्कित कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।
प्रशासनिक संरचना सुदृढ गर्ने उद्देश्यसहित गरिएको निर्णयअनुसार ५० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई नयाँ जिम्मेवारी दिइएको हो।
मन्त्रालयका अनुसार चैत २०, २३, २५ र २६ गते भएका मन्त्रीस्तरीय निर्णयका आधारमा सरुवा गरिएको हो। सरुवा भएका उपसचिवहरूलाई देशभरका विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ भने केहीलाई मन्त्रालय, विभाग र आयोगहरूमा जिम्मेवारी दिइएको छ।
यस्तै, १८ जना शाखा अधिकृतलाई गृह मन्त्रालय, लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवेदनशील निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।








Discussion about this post