Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुएको हो ।
अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको पनि लामिछानेले जानकारी दिनुभयो । प्रवक्ता लामिछानेकाअनुसार मुद्दामा संलग्नलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई वर्गमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ ।
मुद्दामा उनीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको अभियोग लगाइएको छ । महरासहितका प्रतिवादीहरुले उक्त कार्यमार्फत राज्यलाई नोक्शानी पु¥याई व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको पनि प्रवक्ता लामिछानेले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो ७ करोेड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा कायम गरी जना चार विदेशी नागरिक, एक नेपाली कम्पनी र २४ जना नेपाली गरी जम्मा २९ जना उपर नागरिक मुद्दा दायर भएको छ । सार्वजनिक सम्पतीको हिनामिना हानि नोक्सानी गरि भ्रष्टाचार गरेको भन्ने नै मुद्दा हो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल भनसार कार्यालयमा विदेशबाट आएको सुन ८४८० दशमलव ५१५७०४ ग्राम सुनको भन्सार छली हानिनोक्सानी, हिनामिना रुपान्तरण तथा हस्तान्तरण गरेको हुनाले त्यो सुनको कायम हुन आउने मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ र १९ पैसा छली गरेर राज्यलाई हानी नोक्शानी र व्यक्तिलाई फाइदा पु¥याएको भन्ने मुख्य आरोपसहित २९ जना प्रतिवादी उपर आरोप पत्र दायर भएको छ । मुख्य मतियारहरु र मुख्य कसुरका मतियारहरु गरेर दुइटा क्याटगोरीमा छुट्याएर आरोप पत्र दायर भएको छ ।’
२०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो ।

Advertisement Banner
Previous Post

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

Next Post

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

Editorial Team

Editorial Team

Next Post
समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

Recommended

Religious leaders appeal all to stand in support of religious tolerance, national unity

Religious leaders appeal all to stand in support of religious tolerance, national unity

1 month ago
छानबिनका लागि म तयार छु: प्रचण्ड

छानबिनका लागि म तयार छु: प्रचण्ड

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.