कवि सविता दहाल हाम्रो साहित्य युवा सम्मानबाट सम्मानित

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता गौतम दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा उक्त सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान दुई दशकदेखि नेपाली साहित्यको कविता सृजनामा समर्पित एक कुशल कवि र नेपाली साहित्यको कविता विधामा सृजनशील रही साहित्यप्रति गरिएको योगदानलाई कदर गर्दै प्रदान गरिएको हो ।

 

Comments are closed.