Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News, Politics
0
राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको छ ।
शनिवार बालुबाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर राप्रपाले राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न दबाब दिएको हो । अन्तरिम सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै नबनेको स्पष्ट पारेको पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताउनु भयो ।
निर्वाचन नै समस्याको समाधान नभएको उहाँको भनाइ छ । अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्ने उहाँले बताउनु भयो । राप्रपाले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूले मदतदान गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ । अध्यक्ष लिङदेनले जेन-जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरू भएकाले उनीहरूको मागलाई सम्बोधन गर्न पनि आग्रह गर्नुभयाे ।
जेन-जी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरू पक्रिने र दुःख दिने काम भएको उहाँकाे भनाइ थियाे । जेन-जीका प्रमुख व्यक्तिहरूलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष लिङदेनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौंमा ध्यानाकर्षण सभा गर्ने र देशभर यस प्रकारका सभाहरू आयोजना गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको बताउनु भयो ।
राजासहितको सर्वपक्षीय छलफलबारे प्रधानमन्त्री कार्कीले यसबारेमा अहिले केही नसोचेको र आफ्नो क्षेत्र नभएको बताउनुभएको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।

Advertisement Banner
Previous Post

उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, तेस्रो चरणको प्रक्रिया

Next Post

६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे

Editorial Team

Editorial Team

Next Post
६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे

६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे

Recommended

University of Sydney and Cornell announce new partnership

University of Sydney and Cornell announce new partnership

4 years ago
Japan summons Chinese Ambassador over Liaoning carrier’s activity

Japan summons Chinese Ambassador over Liaoning carrier’s activity

2 months ago

Don't Miss

Nepal: HPV vaccination campaign for girls begins nationwide

Nepal: HPV vaccination campaign for girls begins nationwide

February 8, 2026
Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Air pollution in Kathmandu Valley has surged to unhealthy levels today

February 8, 2026
Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

February 8, 2026
President Paudel presses for political stability for prosperity and social justice

President Paudel presses for political stability for prosperity and social justice

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.