Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते

Editorial Team by Editorial Team
February 2, 2026
in News, World
0
युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा अन्य सातजना घाइते भएका छन् । आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके उक्त बस आफ्नो भएको पुष्टि गरेको छ । डीटीईकेले रुसमाथि निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेका आफ्ना खानीहरूमा ‘ठूलो परिमाणमा आतंकवादी हमला’ गरेको आरोप लगाएको छ । निप्रो यस क्षेत्रको राजधानी हो ।
कम्पनीले टेलिग्राममा एक पोस्ट गर्दै भनेको छ, “यी आक्रमणहरूमध्ये एउटा मुख्य निशाना कम्पनीको त्यो बस थियो, जसले निप्रोपेत्रोभ्स्क क्षेत्रमा आफ्नो सिफ्ट सकेर खानी मजदुरहरूलाई कार्यस्थलबाट घर फर्काउँदै थियो ।”
आगामी बुधबार र बिहीबार रुस र युक्रेनबीच युद्धविरामका लागि अर्को चरणको वार्ता हुन लागेको समयमा यो आक्रमण हुनुलाई युक्रेनमाथि दबाब बढाउने रुसी रणनीतिका रूपमा हेरिएको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनका प्रतिनिधिहरूबीच आगामी फेब्रुअरी ४ र ५ (बुधबार र बिहीबार) अबु धाबीमा त्रिपक्षीय वार्ता हुने पुष्टि गरेका छन् ।
टेलिग्राममा एक सन्देश जारी गर्दै जेलेन्स्कीले भने, “हाम्रो वार्ता टोलीबाट रिपोर्ट प्राप्त भएको छ । अबुधाबीमा अर्को बैठकको मिति तय गरिएको छ । युक्रेन ठोस वार्ताका लागि तयार छ र हामी युद्धलाई सम्मानजनक तरिकाले अन्त्य गर्ने परिणामको पक्षमा छौँ ।”
यो वार्तामा अमेरिकाको पनि सहभागिता रहने अपेक्षा गरिएको छ । यद्यपि, अमेरिकी वा रुसी अधिकारीहरूबाट यसबारे तत्काल कुनै औपचारिक टिप्पणी आएको छैन ।
रुसका शीर्ष प्रतिनिधि किरिल दिमित्रिएभले शनिबार फ्लोरिडामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेट ‘सकारात्मक’ रहेको बताएका छन् । अबुधाबीमा हुने वार्तालाई युद्ध अन्त्य गर्ने गत वर्षदेखिको प्रयासको निरन्तरताका रूपमा हेरिएको छ । अमेरिकी मध्यस्थतामा दुवै पक्ष सम्झौताका लागि तयार देखिए पनि मुख्य मुद्दाहरूमा अझै गम्भीर मतभेद कायम छन् । विशेष गरी पूर्वी औद्योगिक क्षेत्र डोनबाससहित रुसले कब्जा गरेका क्षेत्रहरूबाट सेना फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा दुई पक्षबीच मुख्य विवाद छ ।
यो आक्रमण यस्तो समयमा भएको छ जब हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस एक हप्ताका लागि आक्रमण रोक्न तयार भएको दाबी गरेका थिए । ट्रम्पले युक्रेनमा बढिरहेको चिसोका कारण आफूले रुसी राष्ट्रपति पुटिनलाई आक्रमण रोक्न आग्रह गरेको र पुटिनले त्यसको आश्वासन दिएको बताएका थिए ।
तर, आइतबार बिहान रुसले दक्षिणी युक्रेनको एउटा अस्पतालमा समेत ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा अस्पतालको स्त्री रोग विभागमा आगलागी हुनुका साथै तीन महिला घाइते भएको युक्रेनी आपत्कालीन सेवाले पुष्टि गरेको छ ।

Advertisement Banner
Previous Post

इजरायली सेनाद्वारा गाजा युद्धमा करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार

Next Post

Singapore Airlines To Launch Non-Stop Services To Riyadh In June 2026

Editorial Team

Editorial Team

Next Post
Singapore Airlines To Launch Non-Stop Services To Riyadh In June 2026

Singapore Airlines To Launch Non-Stop Services To Riyadh In June 2026

Recommended

These are the 10 countries with the highest consumption of non-vegetarian food in the world

These are the 10 countries with the highest consumption of non-vegetarian food in the world

3 months ago
15 Madhesh local governments still without budgets five months into fiscal year

15 Madhesh local governments still without budgets five months into fiscal year

4 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.