काठमाडौँ – यहि मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा साफसंग आवद्ध पाँच देशका महिला लिग बिजेता क्लवहरुको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितिय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने उनले बताए । त्यस्तै प्रतियोगिताको विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानीत बजेट रु ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ ।







