Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१२ वर्षपछि आहा रारा गोल्डकपको च्याम्पियन बन्याे सहारा क्लब

Editorial Team by Editorial Team
February 22, 2026
in Nepal, News
0
१२ वर्षपछि आहा रारा गोल्डकपको च्याम्पियन बन्याे सहारा क्लब
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

पाेखरा – आयोजक सहारा क्लब पोखरा १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । २५औं संस्करणकोे प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै सहारा उपाधि घरमै राख्न सफल भएको हो । पोखरा रंगशालामा सहारालाई च्याम्पियन बनाउन मुकुन्द निउरे र विदेशी खेलाडी ताय डेनियल बडारूले एक-एक गोल गरे ।
२५औं मिनेटमा सहाराका कप्तान सुशील लामाले प्रहार गरेको कर्नर किकलाई निउरेले हेडमार्फत पोस्टको दिशा देखाएपछि सहाराले सुरूवाती अग्रता बनाएको थियो । ७३औं मिनेटमा पुनः सुशील लामाले दिएको क्रसलाई डेनियलले हेडमार्फत गोल गरेपछि सहाराले जित सुनिश्चित गर्यो ।
यसअघि सहाराले २०७० सालमा मनाङ मर्स्याङदी क्लबलाई फाइनलमा हराउँदै पहिलो उपाधी जितेको थियो । १४ वर्षपछि फाइनलमा पुगेको जवलाखेल पुनः एक पटक उपाधिबाट चुक्यो । उपाधि विजेता सहाराले नगद १४ लाख एक हजार रूपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको जावलाखेलले सात लाख एक हजार रूपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मुकुन्द निउरे बन्न सफल भए । उनले टेलजी कम्पनीको स्कुटर पुरस्कार जित्न सफल भए । उत्कृष्ट फरवार्ड जाउलाखेलका धमेन्द्र कुँवर बन्न सफल भए भने उत्कृष्ट प्रशिक्षक सहारा क्लबका सुनिल रानामगर, उत्कृष्ट मिडफिल्डर जाउलाखेलका बबाकुर सिका, उत्कृष्ट डिफेन्डर सहारा क्लबका ताय डेनियल बडारू, उत्कृष्ट गोल रक्षक सहारा क्लबका टेकेन्द्र थापा र सर्वाधिक गोल कर्ता प्लानिङ ब्वाईज युनाइटेडका पापा युवुवा केबेले जिते । त्यसै गरी वर्ष उदयमान खेलाडीबाट मुकुन्दकुमार निउरे र फेयर प्ले टिम आभा एफसी उज्वेकिस्तानले घोषित भए । विधगत तर्फ उपाधि जितेकाले नगद २५ हजार प्राप्त गरे ।

Advertisement Banner
Previous Post

गौरमा कर्फ्यु अपडेट: आज बिहान ८:३० बजेबाट कडाइ

Next Post

सर्लाहीमा गगन थापालाई १२५ किलोको माला

Editorial Team

Editorial Team

Next Post

सर्लाहीमा गगन थापालाई १२५ किलोको माला

Recommended

Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal Finance Ministry reports 46 percent budget spending

5 months ago
Sri Lankan: PM Ranil Wickremesinghe declares country bankrupt amid fuel crisis and food shortages

Sri Lankan: PM Ranil Wickremesinghe declares country bankrupt amid fuel crisis and food shortages

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.