काठमाडौँ- भारतीय नेपाली साहित्यकारहरूका लागि सर्वोच्च राष्ट्रिय साहित्यिक सम्मान मानिने साहित्य अकादमी पुरस्कार यस वर्ष कथाकार युवा बराल (अनन्त) लाई कथासंग्रह ‘छिचिमिरा’ का लागि प्रदान गरिएको छ ।
सिक्किमको पाकिममा जन्मिएका युवा बराल (अनन्त) उत्तर बङ्गाल विश्वविद्यालयका स्नातक हुनुहुन्छ । सिक्किम सरकारको विद्युत विभागमा कार्यरत बराल अंग्रेजी र हिन्दी भाषाका ज्ञाता पनि हुनुहुन्छ । उनका तीन कथासंग्रह र एक कवितासंग्रह प्रकाशित छन् । छिचिमिरा लाई नेपाली भाषामा लेखिएको उत्कृष्ट लघुकथासंग्रह मानिन्छ, जसमा नेपाली समाजका विविध पक्षहरूलाई गहिराइपूर्वक समेटिएको छ ।
मार्च ८, २०२५ मा नयाँ दिल्लीको कमानी ‘अडिटोरियम’मा आयोजित ‘साहित्योत्सव’ कार्यक्रममा २४ भारतीय भाषाका साहित्यकारहरूसँगै बराललाई दोसल्ला, स्मृति चिह्न र नगद राशीसहित सम्मान गरियो ।
पुरस्कार ग्रहण गर्दै बरालले नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसपटक पुरस्कार प्राप्त गर्नेहरूमा सबैभन्दा कान्छा स्रष्टा संताली भाषाका महेश्वर सोरेन हुनुभयो ।
कार्यक्रममा साहित्य अकादमीका अध्यक्ष माधव कौशिक, सचिव के. श्रीनिवासराव तथा प्रमुख अतिथि महेश दत्तानीको उपस्थिति रहेको थियो ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण