Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Stories Nepali

उभौलीको अवसरमा  कोरियामा साकेला नाच

Editorial Team by Editorial Team
June 9, 2022
in Nepali, Uncategorized
0
उभौलीको अवसरमा  कोरियामा साकेला नाच
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

जेठ २४, सउल, कोरिया

किराँतीको महान् पर्व उभौलीको अवसरमा  चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए  र मनाए उभौली  पर्व । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका किराँती राईले हर्षोलासका साथ साकेला नाच नाचेका छन् ।

कोरियामा रहेका किराँतीको साझा संस्था किराँत राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताउनुभयो ।

किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्काे दिन पारेर कार्यक्रम गरिएको हो । किराँती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किराँतीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताउनुभयो ।

किराँती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गर्नुभयो । अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ ।

साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ । साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताउनुभयो ।

यहाँ रहेका नेपाली किराँतीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराँती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियो।

Advertisement Banner
Previous Post

China criticises US Military Commander’s comment on China-India border situation

Next Post

आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

Editorial Team

Editorial Team

Next Post
आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

Recommended

Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Nepal Election Commission made public sample ballot papers for various districts and electoral constituencies

8 months ago
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.