Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

सापसद्वारा “व्यथित काव्य सम्मान” को घोषणा

Editorial Team by Editorial Team
March 10, 2026
in Awards, Literature, Nepal, News
0
सापसद्वारा “व्यथित काव्य सम्मान” को घोषणा
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ ।
कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यसैगरी संघले “व्यथित काव्य डायसपोरा सम्मान २०८२”बाट कविहरु लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई सम्मानित गर्ने जनाइएको छ ।
सो निर्णय वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ “रोदन” र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसमा सस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।
कवि बिमला तुम्खेवाका – बिमला तुम्खेवाका कविताहरु (२०५५), नदि छाल र तरङ्गहरु (२०६०), संस्मरण एउटा बूढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०७०) लगायत कृतिहरु प्रकाशित छन् ।
कवि तुम्खेवाले – नेपाल बेलायत प्रतिभा राष्ट्रिय पुरस्कार, अमर नेम्वाङ स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार, गुञ्जन राष्ट्रिय प्रतिभा पुरस्कार, विश्व प्रतिभा युवा पुरस्कार नेपाली प्रतिभा पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) लगायतका पुरस्कार पाइसक्नु भएको छ ।
यसैगरी कवि मीनकुमार नवोदितका फूलबारीभित्रका भमराहरु (२०५७), झरीले रुझेको गाउँ (२०७०) र समयको बयान (२०७८)कवितासङ्ग्रहहरुलगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् ।
कवि मीनकुमार नवोदितले युवा वर्ष मोती पुरस्कार–२०७७, डा. नरेन्द्र चापागाईं स्मृति युवा साहित्य पुरस्कार–२०७१, साहित्य पुरस्कार – चितवन साहित्य परिषद् २०७९, युवा साहित्य पुरस्कार–२०७४, नवरंग साहित्य प्रतिष्ठान सम्मान, उत्कृष्ट युवा सम्मान –२०७६ लगायतका पुरस्कार र सम्मान पाइसक्नु भएको छ ।
कवि लालगोपाल सुवेदीका फूलको देशमा, छायालाई माया नगर्नुहोस्, अग्नि आतङ्क, बिक्रीमा पृथ्वी, पानी, योगमाया र इन्द्रेनी, सबाल्टर्न पात कवितासङ्ग्रहहरुलगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
कवि लालगोपाल सुवेदीले युवा वर्ष मोती पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौं पुरस्कार र सम्मान पाइसक्नु भएको छ ।
यसैगरी कवि दीपा राई पुनको तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२), दियोको अन्तिम लप्का र शरदका पहेला पातहरू (२०७८) र प्रतिरूप (गीति एल्बम २०७४) लगायतका कृतिहरु प्रकाशित छन् ।
कवि दीपा राई पुनले प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार, अनेसास रबिना फ़ाउण्डेशन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार, अभिनन्दन-पत्र (नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), ज्योति साहित्य सम्मान, अनल ज्योति सम्मान, साहित्य सम्मान (लायन्स क्लब एंव काठमाण्डौ रेन्बो सीटी), राष्ट्रिय नारी सम्मान, नागरिक सम्मान (राष्ट्रिय नागरिक विकास समाज), राष्ट्रिय नारी श्रष्टा सम्मान (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) र राजमित्र स्मृति प्रज्ञा पुरस्कारले सम्मानलगायत पुरस्कार र सम्मान पाइसक्नु भएको छ ।
वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी, गीता कार्की र ठाकुर बेलबासे सम्मानित भइसक्नु भएको छ ।
यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसक्नु भएको छ ।

Advertisement Banner
Previous Post

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

Next Post

विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

Editorial Team

Editorial Team

Next Post
विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

Recommended

The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

10 months ago
राष्ट्रिय सभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

राष्ट्रिय सभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.