काठमाडौँ, किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ ।
एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिए अनुसार आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको थियो । प्रारम्भिक छनोटमा परेका सात पुस्तकहरुमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल, केवल विनावीको कविता संग्रह ‘यादहरूको सङ्ग्रहालय, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको नेपालको इतिहास एक मार्क्सवादी अध्ययन रहेका छन् ।
कोभिड महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको कार्यक्रमले यस वर्षदेखि फेरि निरन्तरता पाउने एकेडेमीले जनाएको छ ।
सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसभन्दा अघि युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको कृति ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ लाई प्रदान गरिएको थियो ।
तेस्रोपटकको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ । पुरस्कारको राशि ५० हजार राशि छ ।
Comments are closed.