२७ सौं सिम्पल सम्मान प्रतिभा चयन

काठमाडौँ – सिम्पल आर्ट्स नामक सामाजिक सस्थाले हरेक वर्ष साहित्य,सङ्गीत,कला र सामाजिक क्षेत्रका प्रतिभावान प्रतिभाहरुलाई प्रदान गर्दै आएको सिम्पल सम्मान २०८१ को प्रतिभा चयन गरेको छ । सत्ताइसौं सिम्पल सम्मानको लागि शिक्षासेवी शारदा ढुङ्गेल,कलाकार मदनदास श्रेष्ठ ,गायिका लोचन भट्टराई ,साहित्यकार तथा पत्रकार छविरमण सिल्वाल,समाजसेवी पृन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अन्जली महर्जन चयन हुनुभएको छ । उपन्यासकार शङ्कर भारती संयोजक तथा सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ र साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई सस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा पारित गरि सार्वजनिक गरिएको बताइएको छ । आगामी फागुन १६ गते एक विशेष कार्यक्रम आयोजना गरेर सो सम्मान समर्पण गरिने सिम्पल आर्ट्सका सस्थापक मध्येका विमल कोइरालाले जानकारी दिनुभयो । २०५५ सालमा विकेनी( विमल,केशव,निबन्ध) ले स्थापना गर्नुभएको सिम्पल सम्मानबाट हालसम्म १३० जना भन्दा बढी प्रतिभाहरु सम्मानित भइसक्नुभएको छ ।

Comments are closed.