Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा ‘शङ्कर चर्चा’ कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
March 20, 2026
in Literature, Nepal, News
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– चर्चित निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा आज चैत ५ गते ‘शङ्कर चर्चा’ कार्यक्रम सम्पन्न गरिएको छ। शङ्कर लामिछाने प्रतिष्ठानद्वारा अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा शङ्कर लामिछानेका निबन्ध, कथा र अन्य विधामाथि गहन चर्चा गरिएको हो।
प्रतिष्ठानकी संरक्षक लामिछानेकी बहिनी सविता ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई आमन्त्रित व्यक्तित्वका रूपमा सम्बोधन गरिएको थियो। कार्यक्रममा लामिछानेकी अर्की बहिनी सङ्गीता शर्माको पनि उपस्थिति रहेको थियोे।
कार्यक्रममा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, प्रा.डा.गोविन्दमानसिंह कार्की, शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक, श्रीओम श्रेष्ठ’रोदन’, ज्ञानेन्द्र विवश, आख्यानकार भागिरथी श्रेष्ठ, युवा निबन्धकार श्रीबाबु कार्की, जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शङ्कर लामिछानेको कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
मन्तव्यका क्रममा प्रा.डा.केसीले कुनै पनि देशको समृद्धि त्यस देशको साहित्यले देखाउँछ भन्दै साहित्यलाई राजनीतिको अखडा बनाउन नहुने कुरा बताए। कर्म गर तर फलको आशा नगर भन्ने भागवत गीताको उक्तिको प्रसङ्गमा उनलेे गीताको अर्को उक्ति सुनाउँदै कर्म अनुसारको फल र गलत समयको प्रतिफल बारे चर्चा गरेका थिए।
त्यसैगरी, प्रा.डा.कार्कीले लामिछानेका गुरु साहित्यकारहरू गोपालप्रसाद रिमाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम, त्यसैगरी समकालीन साहित्यकारहरू ईश्वर बराल, भूपि शेरचन र भीमदर्शन रोकाको प्रसङ्गमा लामिछानेले छोटो आयुमा धेरै सृजना गरेको बताए। मदन पुरस्कारप्राप्त गर्न सफल पारिजातको उपन्यासमा भूमिका लेखिदिएपछि झन् लामिछानेको ख्याति चुलिएको बताउँदै विश्वविख्यात विदेशी साहित्यकारहरूका कृतिको अध्ययन गरेका शङ्करले घरायसी पारिवारिक परिस्थिति चिरेर साहित्यमा लाग्नसक्नु नै ठूलो चुनौती रहेको बताए।
समालोचक प्रमोद प्रधानले लामिछानेको लेखन फरक शैली भएको बताउँदै देवकोटाले थालेको निबन्धको फाँटलाई लामिछानेले बढाउँदै लगेर फराकिलो बनाएको बताए। उनको कृति र व्यक्तित्व एक अर्काको पर्यायवाचक भएको बताउँदै उनलेे साहित्यको खाली ठाउँहरू भरेको बताए। साथै,उनले शङ्कर लामिछानेको जस्तो निबन्धहरू न भूतो न भविष्य भनेर बताए।
निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’ले लामिछानेका बारेमा बोल्दै जिउँदै धेरै मरिरहेका बेला थोरै समय बाँचेर कहिल्यै नमर्ने गरी शङ्कर लामिछाने गएको बताए।साहित्यकारहरूको छवि र व्यक्तित्वबारे यस्तो र उस्तो भन्ने प्रसङ्गमा लामिछानेको खाइलाग्दो र लोभलाग्दो व्यक्तित्व, इमानदारीपन र स्पष्ट वक्ताका रूपमा उनलाई सबैले चिनेको बताए।
निबन्धकार पवन आलोकले शङ्कर लामिछानेको स्मरण गर्दै कालजयी साहित्यकार रहेका लामिछानेको नामको पुरस्कार ग्रहण गर्न पाएकोमा गर्वको महसुस गरेको बताए।आजको बिहानी सार्थक रहेको बताउँदै उनलेे शङ्कर लामिछाने प्रतिष्ठान अविरल चलिरहोस् भन्ने कामना गर्दै लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
आख्यानकार भागिरथी श्रेष्ठले लामिछानेको लेखन शैली आफूलाई मन पर्ने बताइन्। पारिजातको उपन्यासमा लामिछानेको भूमिका सुनमाथि सुगन्ध भएको बताइन्।
साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले लामिछानेको कृतिको चर्चासँगै आफ्नो कृतिको बारेमा समेत प्रकाश पारेका थिए।
निबन्धकारहरू ज्ञानेन्द्र विवश तथा श्रीबाबु कार्कीले शङ्कर लामिछानेका बारेमा बोल्दै उनलाई पछ्याउँदै आफूहरू पनि निबन्ध लेखनमा लागेको बताए।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीद्वारा सञ्चालित कार्यक्रममा उनले चैत महिनाको नवरात्रीको पहिलो दिन आज चर्चित निबन्धकारको ९८ औँ जन्मजयन्ती परेको प्रसङ्ग उल्लेख गर्दै माघ १० गते स्मृति दिवस र चैत ५ गते जन्मजयन्ती मनाउने गरिएको बताए। लामिछानेका दुई बहिनीहरूबाट हाल २५ लाखको अक्षयकोष स्थापना गरी शङ्कर लामिछाने पुरस्कार राखिएको बताए। लामिछानेको लेखन शैली अद्भुत रहेको बताउँदै नवीन सोच र नयाँ पुस्ताको चिन्तन रहेको बताए। लामिछानेलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने सन्दर्भमा उनले हाल लामिछानेका निबन्धहरू साहित्यकार मोहन सिटौलाले अंग्रेजीमा अनुवाद गरिरहेको बताए।
सभाका सभापति प्रतिष्ठानकी संरक्षक सविता ढुङ्गानाले आफ्ना दाजु शङ्कर लामिछानेको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। लामिछानेलाई माया र श्रद्धा गरेर कार्यक्रममा उपस्थित हुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष कवि तथा गायिका पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन्। मन्तव्यका क्रममा लामिछानेकै प्रेरणाबाट उनले आठ वर्षको उमेरमा ‘मेरो फूलबारी’ शीर्षकमा बालकविता लेखेको र पुरस्कार बापत लामिछानेबाट कापीकलम पाएको बताइन्।
लामिछानेको सामीप्यमा हुर्किएकी उनले लामिछानेकै कारण विश्वका चर्चित कथाहरू पढ्न पाएको बताइन्।
कार्यक्रममा शङ्कर लामिछानेको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलन गरिएको थियोे भने उनको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको ।

Advertisement Banner
Previous Post

धादिङका १३ पालिका प्रमुखले भने– सांसदको फेसबुक निर्देशन मान्दैनौँ

Next Post

फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ

Editorial Team

Editorial Team

Next Post
फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ

फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ

Recommended

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

4 years ago
Nepal: Fire breaks out at Woodland Hotel in Durbar Marg

Nepal: Fire breaks out at Woodland Hotel in Durbar Marg

2 months ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.