Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- व्यापारी दिपक भट्टसँग ४५ करोड अवैध कारोबारमा मुछिएका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएको स्रोत बताउँछ ।
सोही क्रममा बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीको हिरासतमा पठाइएको हो ।
शंकर ग्रुप र दीपक भट्टका कम्पनीबीच सन्देहपूर्ण कारोबार पुष्टि भएको थियो । जसमा विभागले सबै प्रमाण संकलन गरिसकेको छ ।दिपक भट्टकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ जम्मा गरिएको विषयमा छानबिन भएको थियो ।नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो ।
भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट रहस्यमय रुपमा ४८ करोड पुर्‍याइएको थियो । जसको स्रोत खुलेको छैन ।
२०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा २०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो ।
भट्टको व्यक्तिगत खातामा शंकर ग्रुपको जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो । कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा गएको थियो ।
जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको राष्ट्र बैंकको छानविनका क्रममा भेटिएको थियो । हिमालयन रिइन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौँको कारोबार पनि खुलेको छैन । जगदम्बा र हिमालयन रिइन्स्योरेन्ससँग कारोबार पनि कानूनविपरीत देखिएको छ ।
हिमालयन रिइन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको कम्पनी हो । जसमा सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचारको आरोप लाग्दै आएको छ । जून शंकर ग्रुपकै अग्रसरतामा खोलिएको कम्पनी हो ।
जगदम्बा स्टिल्सको खाताबाट उनले आर्थिक वर्ष ०७७/७८ मा ४८ करोड लिएकोमा पछि गायब बनाइएको थियो ।
भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओफरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार कानूनविपरीत भएको छानबिनबाट पुष्टि भएको छ ।
५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७ रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० रुपैयाँ भुक्तानी भएको थियो ।
त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको समेत विभागको छानबिनबाट खुलेको छ ।
जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ । त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो ।

Advertisement Banner
Previous Post

फेवाताल डोजर: ‘अवैध कब्जा’ विरुद्ध पोखरा महानगरको कडा एक्सन, ३२ टहरा एकैदिन ध्वस्त

Next Post

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

Recommended

Nepalgunj to host cross-border tourism conclave

Nepalgunj customs handles trade worth over Rs 31 billion

3 months ago
JICA Nepal fosters global volunteer collaboration

JICA Nepal fosters global volunteer collaboration

2 months ago

Don't Miss

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.