Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

डिसेम्बरमा स्वदेश फर्किने शेख हसिनाको घोषणा, जोखिम सामना गर्न तयार रहेको अभिव्यक्ति

Editorial Team by Editorial Team
August 6, 2026
in News, World
0
डिसेम्बरमा स्वदेश फर्किने शेख हसिनाको घोषणा, जोखिम सामना गर्न तयार रहेको अभिव्यक्ति
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। भारतको नयाँदिल्लीबाट बुधबार आयोजित आफ्नो पहिलो भर्चुअल पत्रकार सम्मेलनमा उनले गिरफ्तारी, कारावास वा ज्यानको जोखिमजस्ता सम्भावित परिणाम भोग्न आफू तयार रहेको बताएकी हुन्।

गत वर्ष बंगलादेशमा भएको व्यापक आन्दोलनपछि सत्ता गुमाएर भारतमा बस्दै आएकी हसिनाले देश र जनताबाट टाढा बस्न नसक्ने बताइन्। उनले देश कठिन परिस्थितिमा रहेका बेला विदेशमा बसिरहन नसक्ने भन्दै डिसेम्बरमा स्वदेश फर्किने आफ्नो योजना सार्वजनिक गरिन्।

स्वदेश फर्किएपछि आफूलाई पक्राउ गर्न, जेल हाल्न वा राजनीतिक उद्देश्यले प्रेरित मुद्दा लगाउन सकिने सम्भावना रहेको स्वीकार गर्दै उनले त्यस्ता जोखिमले आफ्नो निर्णय परिवर्तन नगर्ने स्पष्ट पारिन्। डरका कारण जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा हसिनाले आफ्नो राजनीतिक जीवनका कठिन अनुभव पनि स्मरण गरिन्। उनले सन् १९७१ मा आमासँगै बन्दी जीवन बिताएको, छोरा साजिब वाजेद जोय जेलमै जन्मिएको तथा सन् १९७५ मा परिवारका अधिकांश सदस्य गुमाउनुपरेको उल्लेख गर्दै त्यसपछि छ वर्ष निर्वासनमा बिताएको बताइन्। ती अनुभवले नै आफूलाई अहिलेको निर्णय लिन प्रेरित गरेको उनको भनाइ थियो।

हसिनाले स्वदेश फर्किने उद्देश्य जनताको साथमा उभिने र उनीहरूको जीवनस्तर सुधारमा योगदान गर्ने रहेको दाबी गरिन्। साथै, उनले आफ्नो दल अवामी लिगमाथि लगाइएको प्रतिबन्ध हटाउन, पक्राउ परेका नेताहरूलाई रिहा गर्न तथा पार्टीका सदस्यहरूमाथिका सबै मुद्दा फिर्ता लिन सरकारसँग माग गरिन्।

यसैबीच भारत सरकारले उक्त पत्रकार सम्मेलनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सम्मेलनमा व्यक्त गरिएका विचार भारत सरकारको आधिकारिक धारणा नभएको बताएका छन्। भारतले शेख हसिनालाई शरण दिए पनि भारतीय भूमिबाट अर्को सार्वभौम राष्ट्रविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गर्न नदिने नीति रहेको मन्त्रालयले जनाएको छ।

यता बंगलादेशले भने भारतबाट हसिनालाई राजनीतिक अभिव्यक्ति दिन अनुमति दिइएको विषयमा असन्तुष्टि जनाएको छ। कूटनीतिक स्रोतहरूका अनुसार यस घटनाले भारत–बंगलादेश सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने अनुमान गरिएको छ।

सन् २०२४ मा भएको व्यापक आन्दोलनपछि हसिनाको सरकार पतन भएको थियो। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। फेब्रुअरी २०२६ मा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) विजयी भएको थियो भने अवामी लिगलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। वर्तमान सरकारले हसिनाले लगाउँदै आएका राजनीतिक प्रतिशोधका आरोपहरू अस्वीकार गर्दै आएको छ।

यसैबीच भारतले आगामी सेप्टेम्बरमा हुने ब्रिक्स शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई निमन्त्रणा गरिएको पुष्टि गरेको छ। भारतका अनुसार रहमानलाई बिमस्टेक अध्यक्षको हैसियतमा ब्रिक्स आउटरीच सत्रमा सहभागी हुन निमन्त्रणा गरिएको हो।

Advertisement Banner
Previous Post

आज प्रतिनिधिसभाका चार समिति र संयुक्त संसदीय समितिको बैठक बस्दै

Next Post

ओमानसँग होर्मुज जलडमरूमध्यको नयाँ जलमार्गमा इरानको सहमति, सुरक्षा चुनौती कायमै

Editorial Team

Editorial Team

Next Post
ओमानसँग होर्मुज जलडमरूमध्यको नयाँ जलमार्गमा इरानको सहमति, सुरक्षा चुनौती कायमै

ओमानसँग होर्मुज जलडमरूमध्यको नयाँ जलमार्गमा इरानको सहमति, सुरक्षा चुनौती कायमै

Recommended

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

4 years ago
The Future of Hong Kong Economy Conference 2026 Explores Sustainable Growth in Hong Kong’s Economic Development

The Future of Hong Kong Economy Conference 2026 Explores Sustainable Growth in Hong Kong’s Economic Development

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.