काठमाडौं – शिवपुरी साहित्य समाजले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।
शिवपुरी समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समाजले शिवपुरी गजल सम्मान-२०८१ बाट शान्ति शर्मा,काठमाडौं,मान शोभा प्रतिभा सम्मान-२०८१ बाट डा.बासुदेव खनाल,अर्घाखाँची,विष्णु-कृष्ण बुढाथोकी स्रष्टा सम्मान-२०८१ बाट बिसुकुमार केसी काठमाडौंलाई सम्मान गर्ने भएको छ । यसैगरी विष्णु=पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार नवराज पुडासैनी ज्योत्स्ना, काठमाडौंलाई समर्पण गरिने छ ।
यसैगरी गौरी कार्की स्मृति मुक्तक सम्मान-२०८१ प्रकाश बस्नेत गफाडी,नरबहादुर भारती स्रष्टा सम्मान-२०८१ बाट मिलन समीर,स्याङ्जालाई सम्मान गरिने भएको छ ।
यी सम्मान तथा पुरस्कारहरु आगामी चैत्र ३० गते प्रदान गरिने छ।
उक्त दिन शिवपुरी संदेश साहित्यिक त्रैमासिक र शिवपुरी साहित्य समाजको वार्षिकोत्सब कार्यक्रम तथा गुन्द्रुक,मकै,भटमास कार्यक्रमको आयोजना गरिने छ ।
Comments are closed.