Trending Now

शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

काठमाडौं – शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश साहित्यिक त्रैमासिकको आयोजनामा गुन्द्रुक मकै,भटमास कार्यक्रम सम्पन्न भएको छ ।
शिवपुरीको काखमा रहेको चण्डेश्वरी मन्दिर, टोखामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा साहित्यिका विभिन्न विधामा सक्रिय रुपमा कलम चलाउने छ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत समेत गरियो ।
यसरी सम्मान तथा पुरस्कार पाउनेमा शान्ति शर्मा (काठमाडौं), डा. बासुदेव खनाल (अर्घाखाँची), बिसुकुमार के.सी (काठमाडौं), नवराज पुडासैंनी ज्योत्स्ना (काठमाडौं), प्रकाश बस्नेत गफाडी (काठमाडौं) र मिलन समिर (स्याङ्जा) रहेका छन् ।

कार्यक्रममा शिवपुरी सन्देशको १०७औं अंक सार्वजनिक गरिएको थियो ।

Comments are closed.