Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाही प्रथम

Editorial Team by Editorial Team
December 26, 2025
in Awards, Literature, Nepal, News
0
‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाही प्रथम
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –– ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौँमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् ।
प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो ।
इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन कथाका कथाकारलाई प्रधानमन्त्री कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गरेका हुन् ।
समारोहमा प्रधानमन्त्री कार्कीले ‘१२खरी उत्कृष्ट कथा, २०८२’ कथाकृतिको लोकार्पण पनि गरिन् । कथाकृतिमा उत्कृष्ट २५ कथा समावेश गरिएको छ ।
विगत सात वर्षदेखि निरन्तर रहेको यस प्रतियोगिताका विजेता कथाकारलाई यसपालिदेखि पुरस्कार राशि वृद्धि गरिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
“हामीले ६ वर्षसम्म प्रथम पुरस्कार विजेतालाई एक लाख रुपैयाँ प्रदान गर्दै आएका थियौँ,” उनले भने, “यो प्रतियोगिता नेपाली साहित्य लेखनमा सबैभन्दा ठुलो पुरस्कार भएकाले लेखकलाई थप प्रोत्साहन मिलोस् भनेर हामीले दुई लाख नगद दिने निर्णय गरेका हौँ ।”
यस वर्षको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न १० भन्दा बढी मुलुकबाट गरी एक हजार १६८ कथा प्राप्त भएका थिए ।
नेपालसहित भारतका असम, दार्जिलिङ, दिल्ली तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारले सहभागिता जनाएका थिए ।
ती कथामध्येबाट आन्तरिक निर्णायक समूहले ५९ कथा प्रारम्भिक चयन गर्दै बाह्य निर्णायक समूहलाई हस्तान्तरण गरेको थियो । आन्तरिक निर्णायक समूहका संयोजक तथा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीले विभिन्न मुलुकबाट प्राप्त कथाले नेपाली समाज, सामाजिक विकासलाई फरक–फरक दृष्टिकोणले हेरेको पाइएको बताए ।
“समाजमा जस्तो प्रकारका घटना र सामाजिक विकास भइरहेको छ, कथाले तिनैलाई टपक्क टिपेको हामीले पायौँ,” उनले भने, “समाजमा भइरहेका परिवर्तन र आन्दोलनलाई पनि कथाले प्रतिनिधित्व गरेको छ ।”
आन्तरिक निर्णायक समूहले छानेका ५९ कथामध्येबाट साहित्यकार अशेष मल्लको नेतृत्वमा रहेको बाह्य निर्णायक समूहले २५ कथासहित प्रथम, द्वितीय र तृतीय कथा छनोट गरेको थियो । कथाकारहरू मञ्जु काँचुली र अभय श्रेष्ठ बाह्य निर्णायक समूहका विशिष्ट सदस्य रहेका थिए ।
उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजंग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।
उत्कृष्ट कथाकारहरूलाई प्रमुख अतिथि प्रधानमन्त्री कार्कीसहित विशिष्ट अतिथि कथाकार उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रधान, प्रबन्ध निर्देशक आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष ढकाललगायतले सम्मान गरेका थिए ।
‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को मुख्य प्रायोजकमा डिश मिडिया नेटवर्क लिमिटेड रहेको थियो । प्रायोजक संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लि., गोल्याण समूह, वेदालय कन्स्ट्रक्सन, यती एरलाइन्स, हिमालय एयरलाइन्स र एआईटीएम कलेज रहेका थिए ।
कथा लेखन प्रतियोगिताको सातौँ संस्करणमा विजयी उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८२’ को पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका छन् ।
समारोहमा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले स्वागत र विशेष सम्पादक हरिबहादुर थापाले धन्यवाद व्यक्त गरेका थिए ।

Advertisement Banner
Previous Post

पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा

Next Post

काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

Editorial Team

Editorial Team

Next Post
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

Recommended

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

4 days ago
Minister for Energy, Water Resources and Irrigation Kulman Ghising said the current government is working to restore public confidence by ensuring good governance

Energy Minister calls for greater focus on solar energy

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.