Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

श्रवण मुकारूङलाई महालक्ष्मी साहित्य पुरस्कार

Editorial Team by Editorial Team
July 9, 2022
in Awards, Literature
0
श्रवण मुकारूङलाई महालक्ष्मी साहित्य पुरस्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार प्रख्यात कवि तथा गीतकार श्रवण मुकारूङलाई प्रदान गरिएको छ ।

मातृभूमि साहित्य समाजले महालक्ष्मी बैंकसँग सहकार्य गर्दै यो पुरस्कार दिने गरिएको छ । पुरस्कारको राशि ५१ हजार रूपैयाँ रहेको छ ।

यस्तै मातृभूमिको संयोजन एवम् व्यवस्थापनमा ईश्वर मैनालीले आफ्ना बुवाको केशवलालको स्मृतिमा स्थापना गर्नु भएको मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरका अग्रज पत्रकार केशव दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशी नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदी, आयोजक संस्थाका अध्यक्ष माधव पोख्रेल, हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अन्जली’ लगायतले मुकारुङ र दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाउनु भएको थियो ।

पुरस्कृत प्रसिद्ध साहित्यकार तथा गीतकार मुकारुङले सम्मानले लेखन कार्यलाई थप मद्दत पुग्ने धारणा राख्नु भयो ।

‘लेखकले प्राप्त गर्ने पुरस्कार भनेकै सम्मान हो’, मुकारूङले भन्नुभयो, ‘सम्मानको निम्ति आभार व्यक्त गर्न चाहन्छु ।’ साहित्यकार तथा कलाकार सबैको साझा हुने भन्दै उहाँले स्थानीय र राष्ट्रिय भन्नै नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजका कार्यसमिति सदस्य साहित्यकार किसन पौडेलले लेखेको लघुकथा ‘खुसी’को गृह विमोचन समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले साहित्य क्षेत्र अझै राज्यको नजरमा पर्न नसकेको धारणा राख्नुभयो । भाषा साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले साहित्यिक गतिविधिसँगै विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्थापन र प्रदान समेत गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

Nepal records  102 new cases of COVID-19 on Saturday

Next Post

‘चोभार ब्लुज’को लोकार्पण

Editorial Team

Editorial Team

Next Post
‘चोभार ब्लुज’को लोकार्पण

‘चोभार ब्लुज’को लोकार्पण

Recommended

UNDP launches Ocean Promise

UNDP launches Ocean Promise

4 years ago
WHO establishes the Global Centre for Traditional Medicine in India

WHO establishes the Global Centre for Traditional Medicine in India

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.