२०८१ साउन ६, काठमाडौं । नेपाल पूर्वप्रहरी कलाकार संघले आज गुरुपूर्णिमाको पावन दिनमा गीत, संगीत र कलाका गुरुहरूको स्मृतिमामा कला, साहित्य साधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण गर्यो । नेपाल प्रज्ञाभवनमा कार्यक्रमका प्रमुखअतिथि अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाले चेतन कार्की गीति वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई, गोपाल योन्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई, हाडा एन्ड पाल हास्री वाङ्मय पुरस्कार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्नु भयो । कार्यक्रममा सर्जक कलाकार गुरुका परिवारका तर्फबाट श्रीमती गंगा कार्की, श्रीमती रेन्चन योन्जन, राजपाल थापाका सुपुत्र कपिल थापा र श्रीमती हाडाको उपस्थिति रहेको थियो । यसैगरी कलाकार नीर शाह, बसुन्धरा भुषाल र भूवन चन्द थापाले पुरस्कृत साधकहरूलाई क्रमशः सम्मान गर्नु भएको थियो । सो सम्मान संस्थाका संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङबाट भएको थियो भने संस्थाको वरिष्ठ सल्लाहकार कलाकार तथा पुरस्कार संस्थापक मिथिला शर्मा बोहराले सम्पूर्ण गुरुहरूप्रति आभार र श्रद्धा व्यक्त गर्दै गुरुहरूको ऋण कहिल्यै पनि तिर्न नसकिने बताउँदै गुरुभेटी चढाएर उहाँहरूले देखाएको मार्गमा हिड्ने प्रयास मात्रै हो भन्नु भयो । कार्यक्रममा कोषाध्यक्ष गीता गुरुङबाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिएको थियो । राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवंगत पूर्वप्रहरी कलाकारहरूलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो । अभिनन्दन र पुरस्कार वितरण पछि संस्थाका संरक्षक कलाकार क्षेत्रबहादुर गुरुङको टिमले नेपाली शिरपोश टोपीको गीत गाएर कार्यक्रम समाप्त भएको थियो ।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक
Comments are closed.