सिलगढीमा समाजसेवी,साहित्यकार र पत्रकारहरू पुरस्कृत

दार्जिलिङ सिक्सटी प्लस एसोसिएसनको १६औं वार्षिक साधारण सभामा समाजका चार विभुतीहरू सम्मानित भएका छन्। समाजसेवी, पत्रकार एवं साहित्यकारहरू हाम्रो समाजको धरोहर हुन। समाजसेवा,पत्रकारिता र साहित्यप्रति गरेका अतुलनीय योगदानको कदर गर्दै यस्ता गरिमामय विभुतिहरूलाई पुरस्कृत गरिएको हो । जसका लागि सँस्थाका अध्यक्ष पि.एस.घिमिरेको अध्यक्षतामा पाँच सदश्यीय छनौट समिति गठन गरिएको थियो । उक्त समितिले निम्नासुसार ब्यक्तिहरूलाई पुरस्क्रित गर्ने ऐतिहासिक निरर्णय गरेको थियो ।

१.गोर्खा गरिमा समाजसेवा पुरस्कार (मिमलाल सापकोटा).
२.कवि भक्त राई गोर्खा गौरव साहित्य पुरस्कार (युवराज काफ्ले)
३.आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधान पत्रकारिता पुरस्कार (ललिता जोशी क्षेत्री) र
४.सरस्वती साहित्य नागरिक सम्मान ( गणेश गजमेर) ।

दार्जिलिङ सिक्सटी प्लस एसाेसिएशन,सिलगढीले भारतीय नेपाली भाषा,साहित्य, पत्रकारिता र समााजसेवाप्रति दीर्घकालीन अनवरत याेगदान पुर्याइआएकामा पुरस्कार समाराेहपूर्वक अलङ्कृत गरेर आफूलाई सम्मानित गरेकोमा एसाेसिएशन तथा पुरस्कार प्रायोजक श्री बद्री देवी शर्मा प्रति आभार व्यक्त गर्दै यति ठुलो गरिमामय “आदि पत्रकार पादरी गङगा प्रसाद प्रधान” पुरस्कार ,नगद राशी सहित सम्मान पत्र , स्मृती चिन्ह, अङ् वस्त्र, र शिरशोभा ढाका टोपी प्रदान गरिएकोमा पत्रकार श्रीमती ललिता जोशी क्षेत्रीले हार्दिक आभार ब्यक्त गर्दै आफ्नो मन्तब्य अगाडि बढाईन् ।

“आदि पत्रकार पादरी गङगा प्रसाद प्रधानको” जीवन संघर्षमय भएता पनि वहाँले नेपाली भाषा प्रति दिनुभएको योगदान सह्रानीय छ।
एउटा बालक ९/ १० वर्षको उमेरमा सौतेनी आमाको कहर झेल्दै ,दार्जिलिङ आई कोईला बोकी चियापत्ती टिपी पैसा कमाएर, १९ वर्षको उमेरमा पाठशाला गएर २१ वर्षको उमेरमा ‘ क ख ग’. पढाउंन थाल्नु भएको थियो !

त्यती मात्र कहाँ हो र सन १९०१ सालमा The Gorkha Press किनेर ?गोर्खे खबर कागच” पत्रीका निकाल्नुभयो । त्यो बेला पत्रीका निकाल्नु भनेको फलामको चिउरा चबाउनु जस्तै थियो । उहाँ आफु मात्र पढ्नु भएन ,अरूलाई साक्षरता दिन पुस्तक पनि लेख्नु भयो । भजन लेख्नु भो । जे जस्तो भए पनि अनुवाद गर्नु भयो । भारतमा नेपाली जातिलाई साक्षर बनाउलाई अथक मेहनत गर्नु भयो ।

त्यो बेलामा पत्रीका निकाल्न अहिलेको जस्तो सजिलो थिएन ! अहिले कम्प्युटरमा टाईप गरेर सजिलै तयार गर्ने सुबिधा थिएन । विज्ञापन न भए पेपर चलाउन सकिँदैन । तर, पनि वहाँ बाँचुन्जेल सम्म “गोर्खे खबर कागच” पत्रीका प्रकाशित गरी रहनु भयो। यस्तो गोर्खेको साहासि छोरोलाई मेरो गोर्खे सलाम छ।

“आदि पत्रकार पादरी गङगा प्रसाद प्रधान ” यस्तो गरिमामय पुरस्कारले अलङकरण हुन पाएकोमा म श्रीमती ललिता जोशी क्षेत्रीले सिक्सटी प्लस एसोसिएसन लगायत चयन समितिलाई आन्तरिक हृदयबाट आभार व्यक्त गर्दछु” भनिन् । अर्का पुरस्कार प्रापक युवराज काफ्ले र गणेश गजमेरले पनि आयोजक प्रति हार्दिक आभार ब्यक्त गरेका थिए भने मिमलाल सापकोटाको असक्तताका कारण लतिका जोशीले उहाँको तर्फ बाट धन्यवाद ब्यक्त गरेकी थिइन् ।

अन्तमा समस्त सहभागिहरूलाई धन्यवाद साथै त्यहाँ पुरस्कृतहरूलाई बधाई ज्ञापन गर्दै आयोजक सँस्थाका महासचिव मनी क्षेत्रीले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

Comments are closed.