Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भरतपुरमा यातायात व्यवस्थापन कडाइ

बसपार्कबाहिर सवारी कर उठाउन रोक, टिकट काउण्टर ४८ घण्टाभित्र स्थानान्तरण गर्न निर्देशन

Editorial Team by Editorial Team
March 12, 2026
in Nepal, News
0
भरतपुरमा यातायात व्यवस्थापन कडाइ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

चितवन –– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रभित्र बढ्दो ट्राफिक जाम, अव्यवस्थित पार्किङ र यात्रु चढाउने अव्यवस्थित अभ्यासलाई नियन्त्रण गर्न यातायात व्यवस्थापनमा कडाइ गरिने भएको छ। जिल्ला यातायात व्यवस्थापन समितिको आज बसेको बैठकले बसपार्क बाहिरबाट सवारी कर सङ्कलन बन्द गर्ने तथा सम्पूर्ण टिकट काउण्टर बसपार्कभित्रै सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।
बैठकले अबदेखि भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। यसअघि बजारका विभिन्न स्थानमा सवारी कर उठाउने प्रचलनका कारण यातायात व्यवस्थापनमा अव्यवस्था देखिएको भन्दै यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाभित्रको यातायात प्रणालीलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन विभिन्न निर्णयहरू गरिएको छ। उनले बैठकले यातायात व्यवसायीहरूलाई आफ्ना सवारी साधन नियमानुसार बसपार्कमा पार्किङ गरी आवश्यक राजश्व बुझाउन निर्देशन दिएको जानकारी दिए।
“यातायात क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले बसपार्क बाहिरबाट सवारी कर उठाउने व्यवस्था बन्द गरिएको हो,” शर्माले भने, “अब सवारी कर केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कबाट मात्रै उठाइनेछ।”बैठकले यातायात व्यवसायी संस्थाहरूले सञ्चालन गर्दै आएका टिकट काउण्टरहरू ४८ घण्टाभित्र सम्बन्धित बसपार्कभित्र सार्नुपर्ने निर्णय पनि गरेको छ। अब बसपार्क बाहिरबाट टिकट काट्न नपाइने स्पष्ट पारिएको छ। प्रशासनले यो निर्णय कडाइका साथ कार्यान्वयन गराउने बताएको छ।
नारायणगढ बजार क्षेत्रमा मुख्य सडक किनारामा हुने अव्यवस्थित पार्किङले दैनिक रूपमा ट्राफिक जाम बढाउँदै आएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिइएको छ। विशेषगरी बजार क्षेत्रका व्यस्त सडकहरूमा सवारीसाधन पार्किङ गरेर यात्रु चढाउने तथा ओहोरदोहोरमा बाधा पुर्‍याउने गतिविधि रोक्न प्रशासनले कडाइ गर्ने जनाएको छ।
त्यस्तै, पुल्चोक लगायतका बजार क्षेत्रका पेट्रोल पम्पहरूमा पेट्रोल हाल्ने नाममा सवारी रोकेर अनावश्यक पार्किङ गर्ने र त्यहीँबाट यात्रु चढाउने गतिविधि पनि बन्द गर्न भनिएको छ। प्रशासनले यस्तो गतिविधिले सडक व्यवस्थापनमा थप समस्या सिर्जना गरेको निष्कर्ष निकालेको छ।सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बजार क्षेत्रभित्र हुने यस्ता अव्यवस्थित गतिविधिहरूका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। त्यसैले अबदेखि कडाइका साथ नियम लागू गरिने र उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिने उनले चेतावनी दिए।
जिल्ला यातायात व्यवस्थापन समितिले यसअघि बसेको बैठकबाट पनि भरतपुर महानगरपालिकाको यातायात प्रणाली सुधार गर्न विभिन्न निर्णयहरू गरेको थियो। ती निर्णयहरूमा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनको व्यवस्थापन, मालवाहक सवारीको रुट निर्धारण, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ व्यवस्थापन, टिकट काउण्टर व्यवस्थापन तथा सडक पूर्वाधार सुधारसम्बन्धी विषय समावेश छन्।ती निर्णयहरू कार्यान्वयनमा ढिलाइ भएपछि पुनः बैठक बसेर कडाइका साथ लागू गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।
शर्माले यातायात व्यवस्थापन सुधारका लागि स्थानीय सरकार, प्रशासन, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए। “यातायातलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग अपरिहार्य छ,” उनले भने, “नियम कार्यान्वयनमा कसैले पनि बेवास्ता गर्न पाइँदैन।”भरतपुर महानगरपालिका चितवनको प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गर्छन्। तर व्यवस्थित बसपार्क प्रयोग नगरी सडक किनाराबाट यात्रु चढाउने, टिकट काउण्टर छरपस्ट राख्ने र अनियमित पार्किङ गर्ने प्रवृत्तिका कारण लामो समयदेखि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको थियो।
स्थानीयवासी र व्यवसायीहरूले पनि बजार क्षेत्रभित्र हुने अनियन्त्रित पार्किङ र सडकबाटै यात्रु चढाउने प्रवृत्तिले दैनिक जीवन प्रभावित भएको गुनासो गर्दै आएका थिए। प्रशासनको पछिल्लो निर्णयले बजार क्षेत्रको यातायात व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ।ट्राफिक प्रहरीका अनुसार मुख्य सडक किनारामा सवारी रोकेर यात्रु चढाउने तथा टिकट काट्ने गतिविधिले सडक साँघुरो बनाउने र दुर्घटनाको जोखिम बढाउने गरेको थियो। त्यसैले बसपार्क केन्द्रित यातायात प्रणाली लागू गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो।
प्रशासनले अब बसपार्क बाहिरबाट टिकट बिक्री, यात्रु चढाउने वा सवारी कर उठाउने गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै, ४८ घण्टाभित्र टिकट काउण्टर स्थानान्तरण नगर्ने संस्थाहरूलाई पनि आवश्यक कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।यातायात व्यवस्थापन समितिको निर्णय कार्यान्वयन भएपछि भरतपुर महानगरपालिकाको बजार क्षेत्रभित्र ट्राफिक जाम कम हुने, सवारी व्यवस्थापन सहज हुने र यात्रु सेवा थप व्यवस्थित हुने विश्वास प्रशासनले व्यक्त गरेको छ।

Advertisement Banner
Previous Post

पाँच वर्षको सजाय, दुई दशक लामो कानुनी यात्रा : ‘दीपक मनाङे’ अन्ततः कैद भुक्तान गरेर मुक्त

Next Post

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

Editorial Team

Editorial Team

Next Post
विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

Recommended

Nepal Chief of the Army Staff Gen Prabhu Ram Sharma rewarded the “COAS Commendation Badge” to 2 Nepali peacekeepers

Nepal Chief of the Army Staff Gen Prabhu Ram Sharma rewarded the “COAS Commendation Badge” to 2 Nepali peacekeepers

4 years ago
Nepal is determined to increase investment in its population to make them healthy & productive to achieve the Agenda 2030

Nepal is determined to increase investment in its population to make them healthy & productive to achieve the Agenda 2030

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.