थारु-नेपाली-अंग्रेजी शब्दकोश सार्वजनिक

१३ जेठ, काठमाडौं । थारू-नेपाली-अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधि सभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबीच लोकार्पण गरेका हुन् ।
रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा लिखित उक्त शब्दकोशको प्रकाशन रामलगन चौधरी (थारू) ले गरेका हुन् । ७१६ पृष्ठको सो शब्दकोशमा पूर्वीया थारू भाषालाई केन्द्रमा राखेर तयार गरिएको छ । लेखकद्वय चौधरीहरुको निधन भइसकेको छ।
लेखक रमानन्द वि.सं. १९८६ कात्तिक २६ गते जन्मेर उनको २०६५ वैशाख २५ गते निधन भएको थियो । यस्स्तै, लेखक सर्वस्वको जन्म २००५ मा भएको थियो । उनको निधन २०६७ भाद्र १५ गते भएको थियो ।
शब्दकोशमा रामलगन चौधरी, हरिप्रसाद चौधरी, महेशकुमार चौधरी र सूर्यकुमारी जोशी (थारू)ले सम्पादन गरेका छन् ।

Comments are closed.