काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।
त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएनन् ।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा आवश्यक दस्ताबेज प्रस्तुत गरिने छ । ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने पार्टी नेताहरूको भनाइ छ ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग सहभागी हुँदैछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरेको पार्टीले जनाएको छ ।
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।
Trending Now
- विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाकी सचिव श्री गीताश्री शर्मा अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत!
- UML requests the Prime Minister Pushkamal Dahal ‘Prachanda’ to resign by tomorrow
- Prime Minister Pushpa Kamal Dahal “Prachanda” will not resign; will face the vote of confidence
- Nepali Congress and CPN-UML have inked a midnight power-sharing deal to form a new ‘national consensus government’ to oust ‘Prachanda’
- One hundred and fifteen thousand Afghani refugees from Pakistan and Iran repatriated
- Anti-tax protest turns violent in Kenya, 39 dead
- सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न
- जुमनकिरणको गजलसङ्ग्रह ‘मौन आवाज’ लोकार्पण
- ’लीलाध्वज थापा साहित्य सम्मान‘’ गीता केशरीलाई
- About two lakh people have been displaced due to heavy rains in China.
Comments are closed.