रास्वपाको केन्द्रीय कमिटी बैठक सुरू, मुकुल ढकालको प्रतिवेदनमाथि छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय चःमतिमा जारी छ।बिहान साढे आठ बजेबाट सुरू भएको बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए।
महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।
महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।
त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छदफल थालेको हो।यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरणसमेत सोधेको छ।
ढकालले सत्य उजागर गर्दा आफ्नो महामन्त्री पदको मृत्युसमेत हुनसक्ने बताएका थिए।महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो।रास्वपाको केन्द्रीय कमिटी अहिले ६२ सदस्यीय रहेको छ।

Comments are closed.