काठमाडौं । कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले क्षति पुर्याएको क्षेत्रमा अस्थायी आवास निर्माणको लागि अखिल नेपाल किसान महासंघका स्वयंसेवक पनि खटेका छन् ।
अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीले परिचालन गरेका स्वयंसेवकहरू सो क्षेत्रमा खटिनुभएको हो । भग्नावशेष हटाउने र पुनर्निर्माण कामका लागि महासंघले १ सय ५८ जनाको टोली जाजरकोट खटिएको हो ।
जाजरकोटको भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिकामा टोलीले काम गर्ने छ । किसान महासंघका केन्द्रीय सचिव टेकबहादुर बोगटीको कमाण्डमा स्वयंसेवक टोली खटिएको छ । टोलीमा उपाध्यक्ष खड्गबहादुर खड्काको विशेष उपस्थिति रहेको छ ।
त्यस्तै केन्द्रीय कमिटीका उपमहासचिव सरिता भुसाल, प्रेमनारायण अधिकारी, मधेस प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव उमेश गुप्ता, केन्द्रीय सदस्यहरू कर्णाली प्रदेश कमिटीका अध्यक्ष बखतबहादुर भण्डारी, उपाध्यक्ष सरिता वली, कोषाध्यक्ष गगनबहादुर शाही लगायत सचिवालय सदस्यहरू, जिल्ला कमिटी लगायत टोलीमा सहभागी हुनुहुन्छ ।
छेडागाड नगरपालिकामा कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष सरिता बीसीको संयोजकत्वमा ४५ जना, बारेकोट गाउँपालिकामा किसान महासंघ जाजरकोटका अध्यक्ष मानबहादुर चलाउनेको संयोजकत्वमा ३० जनाको टोलीले काम गर्ने छ । अन्य स्थानमा बाँकी स्वयंसेवकले काम गर्ने बताइएको छ ।
Comments are closed.