दोधारा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ।
निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो।
गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।
‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन, त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ।’
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन्।
‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने।
कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिंगे र गैंडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन्।
Trending Now
- सुरेन्द्र सिटौलाको ‘स्वर्गको बस्ती’ कवितासंग्रह लोकार्पण
- बस्नेतको हास्यव्यङ्ग्य ‘भताभुङ्गे चाला’ सार्वजनिक
- China is building the most powerful machine gun in human history
- Successful test of the world’s longest and tallest ‘Megatrol’ at ‘The Cliff’ in Kushma
- Israeli drone strike kills 3 Palestinians
- Los Angeles wildfire kills five, damages more than 1,000 homes.
- Nepal’s first choice in BRI: Tokha-Chhahare Tunnel and Kimathangka-Khandbari Road
- हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग संचालनमा
- पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी
- शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित
Comments are closed.