Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

Editorial Team by Editorial Team
August 19, 2026
in Nepal, News
0
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी संस्थालाई आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रेडक्रसका तत्कालीन चार पदाधिकारी र एक जना बिचौलिया रहेका छन्।
सीआईबीका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितताको छानबिन प्रतिवेदन अध्ययन गर्दा जग्गा खरिदमा बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार रेडक्रसका लागि गोदामघर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ मा रहेका कित्ता नम्बर ८६३, ४९६, ४९७ र ८५८१ को कुल ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरिएको थियो।उक्त जग्गाका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर अनुसन्धानका क्रममा सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुलेको सीआईबीको दाबी छ।
यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको वास्तविक क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख गरिएकोभन्दा कम क्षेत्रफल फेला परेको प्रहरीले जनाएको छ। फिल्डमा उक्त जग्गाको क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको प्रहरीको भनाइ छ।बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोपमा पाँचै जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।पक्राउ परेकाहरूलाई भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि अनुमति लिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

Advertisement Banner
Previous Post

सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

Next Post

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

Editorial Team

Editorial Team

Next Post
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

Recommended

Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal Rastra Bank to revise priority sector lending and loan rules

8 months ago
Amaranth Yatra to start from June 30th, 2022

Amaranth Yatra to start from June 30th, 2022

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.