तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।
यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्याउने केही मार्गहरू मध्ये एक हो।
यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन ।
हमासले आइतबार वार्ता सकिएको जनाएको छ। अब प्रतिनिधिमण्डल कायरोबाट हमास शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जानेछ ।
वार्तामा संलग्न सीआईए प्रमुख विलियम बर्न्स इजिप्टको राजधानी दोहाबाट प्रस्थान गरेका छन् । इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ ।
गाजामा इजरायली आक्रमण अक्टोबर ७ मा सुरु भएको थियो। यसैबीच, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजार ६ सय प्यालेस्टिनीले ज्यान गुमाएको र करिब ७८ हजार मानिस घाइते भएको दाबी गरेको छ । -बीबीसी
Trending Now
- हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक
- पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
- २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने
- राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
Comments are closed.