Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आज फागुन ७ : ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देश भरि विभिन्न कार्यक्रम गरेर मनाइँदै

Editorial Team by Editorial Team
February 19, 2026
in Feature, Nepal, News
0
आज फागुन ७ : ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देश भरि विभिन्न कार्यक्रम गरेर मनाइँदै
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १७ वर्ष र संविधान सभाबाटै संविधान निर्माण भएको एक दशकभन्दा बढी हुँदा फागुन ७ गते अर्थात् आज ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।

तीन महिनाभन्दा बढी भारतमा निर्वासित भएर फर्किएपछि तत्कालीन राजा त्रिभुवन शाहले २००७ फागुन ७ गते शाही घोषणा गर्नुभयो । उहाँले ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होस् भन्ने हाम्रो इच्छा र निर्णय भएको’ घोषणा गर्नुभयो ।

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंहसहित शीर्षनेता, १०४ बर्से शासनको विरासत गुमाएका राणा शासक मोहनशमशेर जबरासहितको उपस्थितिमा तत्कालीन राजा त्रिभुवनले ‘गणतन्त्रात्मक विधान’ को अभ्यास आरम्भ हुने बताउनुभएको थियो । तर त्यसपछिका सात दशकमा आवधिक निर्वाचन भए पनि गणतन्त्रको वास्तविक अभ्यासको आरम्भ २०६५ मा मात्रै भयो । ‘प्रजा’ देशका सार्वभौम नागरिक बने ।

तत्कालीन राजा त्रिभुवन र राजनीतिक दलबिचको सहकार्यमा आएको प्रजातन्त्र २०१७ र २०५९ मा उहाँकै उत्तराधिकारीले ‘कू’ गरेर खोसेपछि जनचाहनाबमोजिम नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको हो । विक्रम संवत् १९९७ मा सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गरेपछि प्रारम्भ भएको जनक्रान्तिले २००७ सालमा निरङ्कुश राणा शासन अन्त्य गरेको हो । जेनजी आन्दोलनपछि छ महिनाभित्र निर्वाचन गराउने कार्यादेश पाएको सरकारले निर्वाचन तयारी अन्तिम चरणमा पु¥याउँदा प्रजातन्त्रको दीप बालेर अमर बनेका सहिदको त्याग र बलिदानको सम्मान गर्दै प्रजातन्त्र दिवसमा उहाँहरूको सम्मान र सम्झना गरिँदै छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले सहिदको बलिदानको अंशका रूपमा अहिलेको व्यवस्था रहेको बताउनुभयो । उहाँले विकट परिस्थितिबाट नेपाली जनता गुज्रिएपछि प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्ष भएको इतिहास स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले आफ्नो स्वेच्छाले खुला तरिकाबाट काम गर्ने वातावरण भएको छ, बोल्ने स्वतन्त्रता, पेसा व्यवसाय गर्ने स्वतन्त्रता प्राप्त भएको छ । यो प्रजातन्त्रका लागि मरिमेट्ने र सहिदको बलिदानको पनि एउटा अंश हो, बलिदानको परिणाम हो ।”

प्राध्यापक कृष्ण पोखरेल र जेनजी अभियन्ता मोनिशा चौधरीले २००७ सालको जनक्रान्ति र प्रजातन्त्र स्थापनापछि नागरिकमा स्वाभिमान, स्वतन्त्रता र चेतना अभिवृद्धि हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । नागरिक आन्दोलनको जगमा प्रजातान्त्रिक अभ्यासको युग सुरु भएको बताउँदै प्राध्यापक पोखरेलले भन्नुभयो, “२००७ मा प्रजातन्त्र आयो, २०१७ मा खोसियो । फेरि २०४६ मा आयो, २०५९ मा खोसियो । तर प्रजातन्त्र दिवस मुलुकलाई एकतन्त्रीय शासनको चङ्गुलबाट छुट्कारा दिलाउने विशेष दिवस हो, हामी प्रजातन्त्र दिवस ‘सेलिब्रेट’ गर्छौं । यो चेतनाको दीप बाल्ने दिन हो, प्रेरणा हो ।”

जेनजी अभियन्ता चौधरीले प्रजातन्त्र स्थापनापछिका अभ्यासले अहिलेको व्यवस्था आएको र सबै नागरिकले राज्य सञ्चालनमा आफ्नो उपस्थिति पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठुलो अवसर हो । प्रजातन्त्र प्राप्तिपछि निर्वाचन भएको इतिहास हामीले पढेका छौँ । त्यससँगै धेरै युवा, महिला, दलित, अरू सीमान्तकृत समुदायले संसद् र सरकारमा ठाउँ पाउनुभयो । कानुन निर्माणको अवसर पाउनुभयो । त्यसैले प्रजातन्त्र वा लोकतन्त्र हरेक नागरिकका लागि अवसर हो ।”

मन्त्री सिन्हाले प्रजातन्त्र दिवसलाई बिदा मनाउने दिनका रूपमा मात्रै नबुझ्न आग्रह गर्दै यसलाई अनुभूति गरेर राष्ट्रको समुन्नतिका पक्षमा अठोट लिने दिनका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले सकारात्मक राजनीतिक अभ्यासमार्फत निकासतर्फ बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र वा लोकतन्त्र जे नामकरण गरे पनि नेपालको निमित्त अपरिहार्य राजनीतिक विषय हो यो । प्रजातन्त्रबिनाको नेपाल परिकल्पना गर्न पनि सकिँदैन । सामान्य जनताबाटै उठ्ने उठेर जाने हो, यो जनता शासक र शासित भनेर छुट्याउने होइन । जनतै शासक भएर आउने व्यवस्था हो ।” मन्त्री सिन्हाले आफ्नो र सन्ततिको भविष्यका निमित्त सुदृढ र आर्थिक रूपमा समृद्ध देशका लागि लोकतान्त्रिक अभ्यास अत्यन्त जरुरी भएकाले देश निर्वाचनमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा सुशासन, भ्रष्टाचार अन्त्य, जवाफदेही राज्य प्रणालीका लागि आवाज उठाउँदा जेनजी आन्दोलनमा पनि नवयुवा सहिद हुनुभयो । राज्य व्यवस्थाको सुदृढीकरणका लागि युवाले आवाज उठाउनुभएको थियो । अब निर्वाचनलाई अवसरका रूपमा लिएर देशलाई नयाँ युगतर्फ बढाउनु पर्छ ।”

प्राध्यापक पोखरेलले अब निर्वाचनमा भएका राजनीतिक दलमध्ये उत्कृष्टलाई छानेर राजनीतिक निकास दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले विकल्प दिँदैनन्, जनताले उपलब्ध दलबाटै विकल्प छान्ने हो । जनता आफैँ उम्मेदवार हुने होइनन् । त्यसैले जनताको दायित्व आफूलाई भरोसा लागेको, आफूले विश्वास गरेको राजनीतिक दललाई मत दिने हो । अहिले उपलब्ध विकल्पमध्ये एउटालाई निर्वाचित गरेर देशलाई निकास दिनेतर्फ प्रेरित गर्नु पर्छ ।”

Advertisement Banner
Previous Post

मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी

Next Post

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

Editorial Team

Editorial Team

Next Post
मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

Recommended

Lord Jagannath Rath Yatra  celebrated in Kathmandu with traditional fervor and gaiety

Lord Jagannath Rath Yatra celebrated in Kathmandu with traditional fervor and gaiety

4 years ago
EU Chief Ursula Von Der Leyen Visits Ukraine To Discuss Its Bid To Join Bloc

EU Chief Ursula Von Der Leyen Visits Ukraine To Discuss Its Bid To Join Bloc

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.