ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न  

कैलाली, १७ असार 

  धनगढी उपमहानगरपालिका-५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।

            सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सवारी दुर्घटनाबाट बचौं र बचाऔं, सवारी दुर्घटना न्युनीकरणमा तपाई हाम्रो भूमिका लगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी तारानगरदेखि धनगढी ट्राफिक चौराहासम्म हात हातमा ट्राफिक सचेतना सम्बन्धी प्लेकार्ड र पर्चा पम्पलेटहरुसहित र्‍यालीसमेत गरिएको थियो ।

            सोही समितिको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अतरियाका कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष, समाजसेवी, व्यवसायी, संचारकर्मी, बिद्यालयका शिक्षक तथा विद्यार्थी, गाडीका चालक, सह-चालक, खेलाडी लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

Comments are closed.