Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Editorial Team by Editorial Team
January 27, 2026
in News, World
0
दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो ।

सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् । “कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाउँदैछु,” ट्रम्पले लेखेका छन् । तर, संशोधित दर कहिलेदेखि लागू हुनेछ भन्ने स्पष्ट गरिएको छैन् ।

दक्षिण कोरिया सन् २०२४ मा अमेरिकाको प्रमुख आयात साझेदारमध्ये एक रहँदै आएको छ । अमेरिकी वाणिज्य विभागका अनुसार गत वर्ष दक्षिण कोरियाले अमेरिकामा १३२ अर्ब अमेरिकी डलर बराबरका वस्तु निर्यात गरेको थियो । तीमध्ये गाडी तथा अटो पाट्र्स, सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स प्रमुख हुन् । नयाँ शुल्कका कारण यी क्षेत्रमा मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

यो निर्णय गत जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताबाट पछाडि फर्किएको कदमका रूपमा हेरिएको छ । उक्त सम्झौताअनुसार दक्षिण कोरियाबाट आयात हुने सामानमा समान १५ प्रतिशत ट्यारिफ लगाइने भनिएको थियो, जुन ट्रम्पले पहिले चेतावनी दिएका दरभन्दा १० प्रतिशत कम थियो ।

सम्झौताका क्रममा ट्रम्पले दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर बराबरको लगानी गर्ने सहमति जनाएको दाबी पनि गरेका थिए । जुन लगानी अमेरिकी स्वामित्व र नियन्त्रणमा रहने तथा राष्ट्रपति स्वयंले चयन गर्ने बताएका थिए । ट्रम्पको पछिल्लो निर्णय यसअघि कार्यान्वयन नभएका कम्तीमा तीनवटा ट्यारिफ चेतावनीपछि आएको हो ।

तीमध्ये क्यानडामाथि प्रस्तावित १० प्रतिशत शुल्क, ग्रिनल्याण्ड विषयमा युरोपेली राष्ट्रमाथि सम्भावित कर, तथा क्यानडामाथि शनिबार घोषणा गरिएको १०० प्रतिशत शुल्क पनि कार्यान्वयनमा आएनन् ।

यसबीच ट्रम्पको व्यापारसम्बन्धी अधिकार कानुनी परीक्षणमा पनि परेको छ । अमेरिकी सर्वोच्च अदालतले कांग्रेसको स्वीकृति बिना ट्रम्पले लगाएका ट्यारिफविरुद्ध दायर मुद्दामा गत नोभेम्बरमा बहस सुनेको थियो ।

बहसका क्रममा केही न्यायाधीशहरूले राष्ट्रपति एक्लैले यस्ता शुल्क लगाउन सक्ने अधिकारबारे प्रश्न उठाएका थिए । मुद्दामा अदालतले हालसम्म अन्तिम फैसला सुनाएको छैन् । एजेन्सी

Advertisement Banner
Previous Post

रसुवा भन्सार कार्यालयद्वारा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन

Next Post

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

Editorial Team

Editorial Team

Next Post
विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

Recommended

Mormon Church Speaks Publicly Against Utah Medical Cannabis Initiative

4 years ago
Immigrant teens with strong connection to heritage and identity have better belonging, mental health and academic success

Immigrant teens with strong connection to heritage and identity have better belonging, mental health and academic success

3 months ago

Don't Miss

Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Kathmandu air quality reaches ‘very unhealthy’ level amid pollution spike

March 9, 2026
US President Trump invites PM Modi to be part of Gaza’s “Board of Peace”

Indian PM Narendra Modi congratulates Rabi Lamichhane and Balen Shah on RSP victory

March 9, 2026
Newly elected National Assembly members take oath

Newly elected National Assembly members take oath

March 9, 2026
RSP nears majority as 28 seats await results

Nepal: RSP won 125 seats, maintaining a dominant lead

March 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.