Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

कच्चा तेलको मूल्य घट्यो, मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना

Editorial Team by Editorial Team
April 8, 2026
in News, World
0
इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति भएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन् । ट्रम्पले लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।
‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ,’उनले लेखेका छन् ।
ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । यसका साथै राष्ट्रपति ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन् ।
यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि भएको हो । पाकिस्तानी प्रधानमन्त्री सरिफले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा युद्धविरामको स्वागत गर्दै दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले विवाद समाधानका लागि निर्णायक सम्झौता गर्न वार्ता तय गरिएको बताए। दुवै पक्षले उल्लेखनीय बुद्धिमत्ता प्रदर्शन गरेको भन्दै उनले ‘इस्लामाबाद वार्ता’ सफल हुने आशा राखेका छन ।
यसबीच, इरानले भने आफूले अमेरिका माथि ठूलो विजय हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गरेको जनाएको छ । ट्रम्पले पनि यो प्रस्ताव वार्ताका लागि उपयुक्त आधार भएको बताएका छन् । युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ । विश्लेषकहरूका अनुसार यो कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो । यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिएका थिए । ट्रम्पले इरानले सम्झौता नगरे ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ’ भन्दै चेतावनी दिएका थिए । युद्धविरामको यो दुई हप्ताको अवधिमा वार्ता सफल भएमा यसले स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ ।
युद्धका क्रममा हालसम्म इरानमा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाख इरानीहरू जीवन बलिदान दिन तयार रहेको बताएका थिए ।

Advertisement Banner
Previous Post

अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

Next Post

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

Editorial Team

Editorial Team

Next Post
मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

Recommended

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal: Capital spending falls 22 percent in second quarter of fiscal year

8 months ago
Jumla apple farmers protest low insurance payout

Jumla apple farmers protest low insurance payout

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.