Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकी न्यायाधीशले गैरकानुनी करार दिए तेस्रो देशमा डिपोर्ट गर्ने ट्रम्पको नीतिलाई

Editorial Team by Editorial Team
February 26, 2026
in News, USA News
0
अमेरिकी न्यायाधीशले गैरकानुनी करार दिए तेस्रो देशमा डिपोर्ट गर्ने ट्रम्पको नीतिलाई
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘डिपोर्टेसन’ (देश निकाला) नीतिलाई गैरकानुनी ठहर गरेको छ । यो नीतिअन्तर्गत अमेरिकाले आप्रवासीहरूलाई उनीहरूको मूल देशको सट्टा तेस्रो देशमा डिपोर्ट गर्दै आएको छ ।
अदालतले उचित सूचना र पुनरावेदनको मौका नदिई गरिने यस्ता डिपोर्टेसनले अमेरिकी कानुनमा सुनिश्चित उचित प्रक्रियाको अधिकारको उल्लंघन गर्ने बताएको छ ।
म्यासाचुसेट्सको बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले आफ्नो फैसलामा सरकारले आप्रवासीहरूलाई आफ्नो निष्कासनको विरोध गर्ने पर्याप्त अवसर नदिएको उल्लेख गरेका छन् । केही मामिलामा आप्रवासीहरूलाई उनीहरूसँग कुनै प्रत्यक्ष सम्बन्ध नभएका देशहरूमा पठाइएको थियो । र, उनीहरूलाई निकै छोटो समयको सूचना मात्र दिइएको थियो । अदालतले यो प्रक्रिया न्यायसंगत नभएको बताएको छ ।
ट्रम्प प्रशासनले कोस्टारिकादेखि दक्षिण सुडानजस्ता देशहरूसम्म आप्रवासीहरूलाई पठाउने प्रयास गरेको थियो । यदि, निर्वासनका लागि वैकल्पिक देशहरू तयार छन् भने यो कानुनी हुने सरकारको तर्क थियो । तर, न्यायाधीशले केवल कूटनीतिक आश्वासन मात्र पर्याप्त नभएको र प्रभावित मानिसले आफ्नो सुरक्षा जोखिमका बारेमा आपत्ति जनाउने मौका पाउनुपर्ने बताएका छन् ।
गृह सुरक्षा विभागले चाहेमा माथिल्लो अदालतमा पुनरावेदन गर्न समय पाओस् भनेर अदालतले आफ्नो आदेशको प्रभावलाई १५ दिनका लागि स्थगित राखेको छ । यो फैसलालाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिमा ठूलो धक्का मानिएको छ । यो मामला अब अमेरिकी सर्वोच्च अदालतसम्म पुग्ने आशंका गरिएको छ ।
न्यायाधीश मर्फीले आफ्नो फैसलामा निर्वासनको तीव्र प्रक्रियाले हरेक मामिलाको विवरणलाई अस्पष्ट बनाइदिने र यसले अदालतहरूलाई हरेक निर्वासन कानुनी छ वा छैन भनेर तय गर्न गाह्रो हुने बताएका छन् । मर्फीले लेखेका छन्, “वास्तविकता के हो भने, कुनै पनि व्यक्तिको दाबीको वैधता कसैलाई थाहा छैन किनभने प्रशासनिक अधिकारीहरूले मूल तथ्य लुकाइरहेका छन् ।”
गत वर्ष पनि न्यायाधीश मर्फीले तेस्रो देशहरूमा निर्वासित गरिएका आप्रवासीहरूको उचित कानुनी प्रक्रियाको अधिकार रक्षा गर्ने प्रयासस्वरूप आदेश जारी गरेका थिए । तर, अमेरिकी सर्वोच्च अदालतले त्यसमा रोक लगाएको थियो ।
ट्रम्प प्रशासनले दक्षिण सुडानको मानवअधिकार स्थितिको चिन्ताका बाबजुद आठ पुरुषहरूलाई त्यहाँ पठाउने प्रयास गरेपछि न्यायाधीश मर्फीको आदेश आएको थियो ।
बुधबारको यो फैसला ती आप्रवासीहरूद्वारा दायर गरिएको एक सामूहिक मुद्दासँग जोडिएको छ, जसले आफूसँग कुनै सम्बन्ध नभएका देशहरूमा निर्वासित हुनुपर्ने अवस्थाको सामना गरिरहेका छन् ।
मुद्दाका पक्षधर वकिल, ‘नेसनल इमिग्रेसन लिटिगेसन एलायन्स’ कि ट्रिना रियलमुटोले मर्फीको यस नयाँ फैसलाको प्रशंसा गरेकी छन् । रियलमुटोले बयानमा भनेकी छन्, “सरकारको नीतिअन्तर्गत, मानिसहरूलाई जबरजस्ती ती देशहरूमा फिर्ता पठाइँदै छ जहाँ उनीहरूमाथि उत्पीडन वा यातना दिइनेछ भनेर अमेरिकी आप्रवासन न्यायाधीशहरूले नै फेला पारेका छन् ।”
रियलमुटोले यो फैसला ट्रम्प नीतिको वैधानिकताका बारेमा एक बलियो अभिव्यक्ति भएको बताएकी छन् । एजेन्सी

Advertisement Banner
Previous Post

निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति

Next Post

Moscow Expands AI Diagnostic Platform to Regions, Surpassing 10 Million Image Analyses

Editorial Team

Editorial Team

Next Post
Moscow Expands AI Diagnostic Platform to Regions, Surpassing 10 Million Image Analyses

Moscow Expands AI Diagnostic Platform to Regions, Surpassing 10 Million Image Analyses

Recommended

भदौ २३ मा जेनजी शहिद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ मा जेनजी शहिद दिवस मनाउने सरकारको निर्णय

10 months ago
Nepal records trade surplus with 36 countries, deficit with 116; Nepal recorded its largest trade deficits with India (Rs 416.71 billion) and China (Rs 195.36 billion)

Nepal’s trade deficit reached Rs 1.267 trillion during the first nine months

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.