Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति

Editorial Team by Editorial Team
February 26, 2026
in Nepal, News
0
महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ––प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर सवारी सञ्चालनमा नियन्त्रण लागू हुने भए पनि पर्यटक आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष अनुमति प्रणाली लागू गरिएको छ ।

निर्वाचन आयोग नेपालले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

आयोगले यसलाई सुरक्षा व्यवस्थापन र पर्यटन सेवाबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान नियमित रूपमा सञ्चालन हुने भएकाले विमानस्थलबाट होटल वा गन्तव्यसम्म पर्यटक पु¥याउन सवारी सञ्चालन आवश्यक हुन्छ । यही आवश्यकतालाई ध्यानमा राखेर अनुमति प्रणाली लागू गरिएको उनले बताए ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीका लागि आयोगबाटै अनुमति लिनुपर्नेछ भने अन्य जिल्लामा सम्बन्धित प्रशासन कार्यालयमार्फत स्वीकृति दिइने व्यवस्था गरिएको छ ।

निर्वाचनको दिन राजमार्ग प्रयोग गर्ने सवारीको आवागमनलाई समेत व्यवस्थापन गर्ने योजना बनाइएको छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थासम्बद्ध सवारीलाई प्राथमिकता दिइनेछ भने अन्य निजी तथा व्यावसायिक सवारीले पूर्वअनुमति बिना सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ ।

यस व्यवस्थामार्फत निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउँदै नेपालमा आउने पर्यटकको यात्रा अनुभवमा अवरोध नआओस् भन्ने सन्देश दिन खोजिएको आयोगको भनाइ छ ।

Advertisement Banner
Previous Post

भारतीय चर्चित कलाकार रश्मिका मन्दना र विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिए

Next Post

अमेरिकी न्यायाधीशले गैरकानुनी करार दिए तेस्रो देशमा डिपोर्ट गर्ने ट्रम्पको नीतिलाई

Editorial Team

Editorial Team

Next Post
अमेरिकी न्यायाधीशले गैरकानुनी करार दिए तेस्रो देशमा डिपोर्ट गर्ने ट्रम्पको नीतिलाई

अमेरिकी न्यायाधीशले गैरकानुनी करार दिए तेस्रो देशमा डिपोर्ट गर्ने ट्रम्पको नीतिलाई

Recommended

Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

Nepal Airlines posts 7 percent revenue growth in first half

6 months ago
अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

4 years ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.