काठमाडौं – अमेरिकाले सिरियामा अर्को एक जवाफी आक्रमण गरेको छ । उत्तर–पश्चिम सिरियामा गरिएको आक्रमणमा एक आतंकवादी नेता मारिएका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।
सेन्ट्रल कमान्डका अनुसार, हवाई हमलामा मारिनेमा बिलाल हसन अल–जसिम छन् । ती नेता गएको महिना दुई अमेरिकी सैनिक र एक दोभासे मारिएको इस्लामिक स्टेटको आक्रमणमा संलग्न थिए ।
अमेरिकी अधिकारीका अनुसार, उनी एक अनुभवी आतंकवादी ‘अपरेटिभ’ थिए । र, डिसेम्बर १३ को आक्रमणमा प्रत्यक्ष रूपमा जोडिएका थिए ।
उक्त आक्रमणमा अमेरिकी सेनाका सार्जेन्ट एडगर ब्रायन टोरेस–टोभर, सार्जेन्ट विलियम नथानियल हवार्ड र एक दोभासे अयाद मन्सुर साकतको मृत्यु भएको थियो ।







