Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

Editorial Team by Editorial Team
January 16, 2026
in News, World
0
अमेरिकाले माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो।अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपालसहित २२ देश पनि परेका हुन्। जसमा नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो।अमेरिकाको विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।अमेरिकी दूतावास र कन्सुलर अधिकारीहरूलाई जाँच र प्रमाणीकरण प्रक्रियाको पुन: समीक्षा नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन कति समयसम्म रहनेछ भन्नेबारे कुनै जानकारी दिइएको छैन।
अमेरिकाको विदेश मन्त्रालयले ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता अहिलेसम्म १ लाखभन्दा बढी भिसा रद्द गरिएको बताएको छ। यसैबिच अमेरिकाको गृह सुरक्षा विभागले गत महिना ६ लाख ५० हजारभन्दा बढी मानिसलाई देश निकाला गरिएको र २५ लाख जना स्वेच्छाले अमेरिकाबाट बाहिरिएको जानकारी दिएको छ। आप्रवासी भिसा रोकिने अन्य देश यी हुन्:
अफ्रिकी महादेशका देश
अल्जेरिया, क्यामरुन, केप भर्डे, कोट डि’आइवर, कंगो, इजिप्ट, इरिट्रिया, इथियोपिया, गाम्बिया, घाना, गिनी, हैटी, लाइबेरिया, लिबिया, मोरक्को, नाइजेरिया, कंगो गणराज्य, रुवान्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, तान्जानिया, टोगो, ट्युनिसिया र युगान्डा।
युरोपेली मुलुक
रुस, अल्बानिया, बेलारुस, बोस्निया, जर्जिया, कोसोभो, म्यासेडोनिया (उत्तरी म्यासेडोनिया), मोल्डोभा र मोन्टेनेग्रो।
उत्तरी अमेरिका (क्यारिबियन सहित) एन्टिगुआ र बारबुडा, बहामास, बार्बाडोस, बेलिज, क्युबा, डोमिनिका, ग्रेनाडा, हैटी, जमैका, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स। दक्षिण र मध्य अमेरिकी देश ब्राजिल, कोलम्बिया, उरुग्वे, ग्वाटेमाला र निकारागुआ।

 

Advertisement Banner
Previous Post

जेनजी विद्रोहपछि उब्जिएको प्रश्न– निर्वाचन कि प्रणालीगत रूपान्तरण ?

Next Post

उन्नयनको आसन्न अध्याय : रास्वपाको आर्थिक–राजनीतिक पुनर्संरचना र नयाँ डेलिभरी मोडल

Editorial Team

Editorial Team

Next Post
उन्नयनको आसन्न अध्याय : रास्वपाको आर्थिक–राजनीतिक पुनर्संरचना र नयाँ डेलिभरी मोडल

उन्नयनको आसन्न अध्याय : रास्वपाको आर्थिक–राजनीतिक पुनर्संरचना र नयाँ डेलिभरी मोडल

Recommended

Nepal defeated by India in SAFF Women’s Championship

Nepal defeated by India in SAFF Women’s Championship

8 months ago
Former Nepal PM Prachanda visiting India tomorrow on BJP chief’s invite, will meet Indian Foreign Minister Jaishankar too

Former Nepal PM Prachanda visiting India tomorrow on BJP chief’s invite, will meet Indian Foreign Minister Jaishankar too

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.