‘चारूशिला वाङमय प्रतिष्ठान’द्वारा विभिन्न पुरस्कारहरू अर्पण

काठमाडौं, १५ अषाढ २०८१। कवि तथा साहित्यकार चारुशिला मिश्रले स्थापना गर्नु भएको ‘चारूशिला वाङमय प्रतिष्ठान‘द्वारा पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रममा चारूशिला वाङमय प्रतिष्ठानद्वारा स्थापित २०७९\८० सालका विभिन्न पुरस्कार तथा सम्मानहरू अर्पण गरिएका छन्। चारुशिला वाङ्गमय प्रतिष्ठानका पुरस्कार तथा सम्मानहरू साहित्य, शिक्षा तथा संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रतिभावान व्यक्तिहरूलाई कदर सम्मान गर्ने र प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने उधेस्य अनुरुप २०७१ सालमा स्थापना गरिएका हुन्।


कार्यक्रम चारुशिला वांगमय प्रतिष्ठानका अधक्ष डा शैलेंदुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराइ रहनुभएको थियो। पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू लाई प्रमुख अतिथि, सभाध्यक्ष तथा वांगमयका कोषाध्यक्ष सुदिप कुमार सुवेदीले संयुक्त रुपमा माला, सम्मानपत्र र नगद प्रदान गर्नु भएको थियो। पुरस्कृत व्यक्तित्वहरूमा डा. सत्यराज थपलिया, हिरण्यकुमारी पाठक, संस्कृत मावि पोखरा, डा. विष्णुकुमार खत्री, ममता मृदुल, अर्चितबाबु मर्सिफुल, प्रतिष्ठा के.सी, शाशीप्रसाद बजगाईं, गीताश्री शर्मा, श्री वसन्तऋतु मावि , यशु श्रेष्ठ, तारा के.सी , आर्या पण्डित र पुष्पा महत रहनु  भएको  थियो। कार्यक्रममा सिक्किमका साहित्यकार पुण्यप्रसाद शर्मा, संस्थानका सदस्य जयदेव भट्टराईलगायत धेरै कवि, साहित्यकार तथा पत्रकारको उपस्थिति रहेको थियो।


पुरस्कृत व्यक्तिहरूको बारेमा अध्यक्ष डा. शैलेंदुप्रकाश नेपालले प्रकाश पार्नुभएको थियो। कार्यक्रमलाई स्वागत संस्थाकी उपाध्यक्ष रन्जना निरौलाले गर्नु भएको थियो। कार्यक्रम संचालन संस्थाकी सचिव अनुपमा रेग्मीले गर्नु भएको थियो। चारुशिला पुरस्कारको राशी ५०००० पचास हजार, चारुशिला प्रतिभा पुरास्कारको राशि ३०००० तीस हजार , विश्वराज पुरस्कार राशि ५०००० पचास हजारको रहेको छ भने विश्वराज बाल प्रतिभा पुरस्कार १५००० पन्द्र हजारको रहेको छ। ‘चारूशिला वाङमय प्रतिष्ठानकी संस्थापक, कवि तथा साहित्यकार चारुशिला मिश्र हाल अमेरिकामा रहनु भएकोले कार्यक्रमबाट वहाँलाइ ससम्मान सम्झना गरिएको तथा सुस्वास्थ्य दिर्घायुको कामना गरिएको थियो।

Comments are closed.