विभिन्न धनमाल चोरी

 

उदयपुर, १० पुस

त्रियुगा नगरपालिका-११ शुव शान्तिटोल बस्ने आशिष खड्काको घरमा कोही नभएको अवस्थामा नगद १ लाख रूपैयाँ, सुन र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १८ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.