काठमाडौं । वासु शशी स्मृति परिषद्ले नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र कवि सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । दुई पुरस्कारका साथ जनही नगद राशि २५ हजार प्रदान गरिने परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । मुखियाका नाटकहरू ‘अनि देउराली रुन्छ’ र ‘क्रसमा टाँगिएको जिन्दगी’ चर्चित छ ।
चार दशकदेखि कवितामा सक्रिय वैद्यका चार कविता कृति प्रकाशित छन् । तीन दशकदेखि साहित्यमा सक्रिय पहाडीका पनि विभिन्न कृति प्रकाशित छन् ।
घोषित सम्मान तथा पुरस्कार कवि एवं नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीका अवसरमा आउँदो चैत १३ गते प्रदान गरिने परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले जानकारी गराएका छन् ।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार “नवप्रज्ञापन”लाई
- रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
- International conference on sustainable tourism to be held in Kathmandu
- US to impose travel ban on 41 countries, including Bhutan
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, आन्दोलन तयारी र रणनीति बनाउने
- अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन
- अन्जानका एकल गजलसङ्गै शान्ति गजल साँझ सम्पन्न
- British PM urges to keep pressure on Putin for Ukraine ceasefire
- Musk’s dream of human settlement on Mars is getting closer, aiming for landing by 2029
- पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति प्रमुख प्रतिपक्षीको विरोध
Comments are closed.