Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी

Editorial Team by Editorial Team
December 18, 2025
in News, World
0
अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको तेल नाकाबन्दीबिच आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ। बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो।

मंगलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्यांकरहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गरेका थिए। यो कदमलाई वामपन्थी राष्ट्रपति निकोलस मदुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ।

विश्वकै सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ। राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्यांकरहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्।’

ट्रम्पले क्यारिबियन क्षेत्रमा रहेको भारी अमेरिकी सैन्य उपस्थितिको उल्लेख गर्दै भेनेजुएला ‘दक्षिण अमेरिकाको इतिहासकै सबैभन्दा ठुलो नौसैनिक घेराबन्दीमा परेको’ चेतावनी दिएका थिए। बुधबार पुनः उनले अमेरिकी सेनाले कसैलाई पनि भेनेजुएलाभित्र पस्न नदिने दोहोर्‍याए। उनले भेनेजुएलाको तेल उद्योग राष्ट्रियकरणप्रति संकेत गर्दै अमेरिका आफ्नो ऊर्जा अधिकार फिर्ता चाहने धारणा व्यक्त गरेका हुन्।

यसैबिच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गरेका छन्। महासचिव गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेका छन्।

भेनेजुएलाको अर्थतन्त्र मुख्यतः पेट्रोलियम निर्यातमा निर्भर छ। ट्रम्पको दबाबको उद्देश्य मदुरोको आन्तरिक समर्थन कमजोर पार्नु रहेको विश्लेषकहरू बताउँछन्। तर भेनेजुएलाको सेनाले आफूहरू यस्तो धम्कीबाट ‘डराएका छैनौँ’ भन्ने प्रतिक्रिया दिएको छ।

भेनेजुएलाको तेलको प्रमुख बजार चीनले पनि काराकासलाई समर्थन गर्ने जनाएको छ। चिनियाँ विदेशमन्त्रीले आफ्ना भेनेजुएलाली समकक्षी यवन गिलसँग फोनवार्ता गर्दै सबै एकपक्षीय धम्कीको विरोध गर्ने र सबै देशको सार्वभौमिकताको रक्षा गर्न समर्थन जनाउने बताएका छन्। चीनजस्तै रुस पनि भेनेजुएलाको पक्षमा खुलिसकेको छ।

गत हप्ता एम/टी स्किपर नामक जहाज अमेरिकी कारबाहीमा कब्जा भएपछि मदुरोविरुद्धको दबाब झनै तीव्र भएको मान्न सकिन्छ। अगस्टमा ट्रम्पले क्यारिबियन क्षेत्रमा सन् १९८९ पछि सबैभन्दा ठुलो अमेरिकी सैन्य तैनाथीको आदेश दिएका थिए। यसलाई उनले औपचारिक रूपमा लागुऔषध तस्करीविरुद्धको कदम भनेका छन्।

क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका अमेरिकी सैन्य कारबाहीमा कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ। पछिल्लो आक्रमणमा मात्र चार जनाको मृत्यु भएको बताइएको छ। काराकासले यी कारबाही मदुरोलाई हटाउने र भेनेजुएलाको तेल नियन्त्रणमा लिने प्रयासको आवरण भएको दाबी गरेको छ।

बढ्दो तनावबिच सम्भावित अमेरिकी हस्तक्षेपको डर पनि चुलिँदै गएको छ। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले संयुक्त राष्ट्र संघको भूमिका कमजोर देखिएको टिप्पणी गर्दै ‘कुनै पनि रक्तपात रोक्न’ अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएकी छन्।

अमेरिकी नाकाबन्दीले भेनेजुएलाको कमजोर अर्थतन्त्रलाई गहिरो असर पारेको इतिहास छ। सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्ध झेल्दै आएको भेनेजुएलाले आफ्नो तेल कालो बजार (ब्ल्याक मार्केट) मा निकै सस्तो मूल्यमा बेच्दै आएको छ। मुख्यतः चीनसहित एसियाली मुलुकहरूमा उसको तेल खपत हुन्छ। हाल देशले प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन गर्छ। यो उत्पादन सन् २००० को सुरुआततिरको उत्पादनभन्दा धेरै कम हो।

विश्लेषकहरूका अनुसार यो नयाँ नाकाबन्दीले छोटो अवधिमा भेनेजुएलाको अर्थतन्त्रको ‘मुख्य जीवनरेखा काट्न सक्ने’ खतरा बोकेको छ। मध्यम अवधिको प्रभाव अमेरिका–भेनेजुएला सम्बन्ध कतातर्फ जान्छ भन्ने मा निर्भर रहनेछ। एजेन्सी

Advertisement Banner
Previous Post

नेकपा एमाले सचिव पदमा महेश बस्नेत विजयी

Next Post

कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

Editorial Team

Editorial Team

Next Post
कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

Recommended

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

2 months ago

मकवानपुरबाट लागूऔषध तस्करी

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.