काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं ।’
सो अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरु बारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरु छन् ।’
उहाँले अहिले परिस्थिति नयाँ बनेको बताउनुहुँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि, नागरिक समाज लगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपील पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
Trending Now
- उद्धव सापकोटाको निबन्धसंग्रह “संस्मरणमा जीवन यात्रा” सार्वजनिक
- यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल
- नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुन आवश्यक : प्रचण्ड
- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
- त्रिविको दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक
- राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि
- भीम रावल एमालेबाट निष्काशित, पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बन
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
Comments are closed.