इमरान खानलाई पक्राउ गरेको विरोधमा पाकिस्तानमा देशभर प्रर्दशन

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनको पार्टी र समर्थकले देशव्यापी रुपमा प्रदर्शन सुरु गरेका छन् ।

खानलाई आज इस्लामाबाद उच्च अदालतमा पुगेका बेला प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धीत घटनालाई लिएर पक्राउ गरेको थियो ।

प्रर्दशनकारीले रावलपिण्डीस्थित सैनिक मुख्यालयको एउटा गेट तोडेर मुख्यालयभित्र समेत प्रवेश गरेका छन् । त्यस्तै प्रदर्शनकारीले लाहोरका एक जना सैनिक अधिकारीको घरमा पसेर तोडफोड समेत गरेका छन् ।

विनाकारण खानलाई प्रहरीले पक्राउ गरेको भन्दै उनको दल र समर्थकले विरोध प्रर्दशन तीव्र पारेका छन् ।

Comments are closed.