शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताउनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताउनुभयो ।

“व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ”, उहाँले भन्नुभयो ।

Comments are closed.