Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

साफ महिला च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

Editorial Team by Editorial Team
December 21, 2025
in Nepal, News, Sports
0
साफ महिला च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन्।
कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन्। नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन्।
त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो। उसका लागि शिल्कीदेवी हनामले गोल गरिन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन्।
त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो। इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्र्दै प्रतियोगिताको उपाधि जित्यो।
गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो। फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए।

Advertisement Banner
Previous Post

चिसोले तराइको जीवन कष्टकर

Next Post

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेसँग बिदाइ भेट गरे

Editorial Team

Editorial Team

Next Post
चिनियाँ राजदूत सोङले सभामुख घिमिरेसँग बिदाइ भेट गरे

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेसँग बिदाइ भेट गरे

Recommended

A life-changing fertilizer for rural farmers in Kenya

A life-changing fertilizer for rural farmers in Kenya

5 years ago
Kathmandu Metropolitan City (KMC) vote count: Balen Shah garners 26,928 votes

काठमाडौंमा वालेन्द्र साह र सुनिता डंगोलको जित सुनिश्चित

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.