वाराणसी । वाराणसी जिल्ला अदालतले बुधबार दिएको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासनले बिहीबार बिहान ज्ञानवापी मस्जिद परिसरमा रहेको व्यास तहखानेमा पूजाआजा गर्न थालेको छ । वाराणसी जिल्ला मजिस्ट्रेट एस राजलिंगमले बिहीबार बिहान पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । उनले भने, ‘अदालतले दिएको आदेशको पालना गरिएको छ ।’ ज्ञानवापी क्याम्पसस्थित व्यास तहखाने अगाडि ब्यारिकेडिङबारे सोधिएको प्रश्नको जवाफमा उनले फेरि ‘अदालतको आदेश पालना भएको’ बताए ।जब पत्रकारले डीएमलाई पूजा गरिएको हो कि भनेर सोधे, उनले फेरि एउटै जवाफ दिए, ‘अदालतले जे भन्यो त्यसको पालना गरियो।’ यो पनि संयोग हो कि ३८ वर्ष पहिले सन् १९८६ मा अयोध्याको बाबरी मस्जिदको ताला १ फेब्रुअरीमा खोलिएको थियो ।
Trending Now
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
- रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
- ‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई
- Arrest warrant against former Prime Minister of Bangladesh Sheikh Hasina and her daughter
- राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
- US-Iran nuclear talks in Oman
- शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
Comments are closed.