साहित्यिक संस्था एपेक नेपालले आयोजना गरेको कार्यक्रममा लेखक तथा पत्रकार राजेश खनालको ‘घुरको धुवाँ’माथि विमर्श सम्पन्न गरिएको छ। विशद विमर्शमा समालोचक तथा साहित्यकारहरूले ‘घुरको धुवाँ’ले मैथिली संस्कृतिसँगै मधेसलाई सकारात्मक बहसमा तानेको बिचार व्यक्त गरेका थिए ।
विमर्श कार्यक्रमका प्रमुख वक्ता आख्यानकार नयनराज पाण्डेले खनालको ‘घुरको धुँवा’ले मधेस लेखनको दृश्य बद्लिदिएको बताए । पाण्डेले लेखनमा आख्यानका बलिया अन्रवस्तु देखिएको भन्दै लेखक खनाललाई आख्यानतर्फ आउन आग्रह गरे ।
साहित्यकार धीरेन्द्र प्रेमर्षिले खनालले लेखेको संस्मरणात्मक निबन्धकृति ‘घुरको धुवाँ’ले मैथिल समुदायले नै बिर्सि सकेको संस्कृति पूनर्ताजगी गरेको बताए । उनले पुस्तकमा प्रयुक्त शब्दावली मैथिली समुदायमा समेत नरहेको चर्चा गर्दै भाषा संरक्षणका दृष्टिले यो महत्वपूर्ण रहेको बताए ।
समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘घुरको धुवाँ’मा मैथिली संस्कृति जीवन्त बनेको बताए । उनले ‘पुस्तकमा कुनै पनि संस्कृतिको झल्को आउनु वा त्यसको चरित्र चित्रण हुनु र संस्कृति नै बाच्नु फरक कुरा हो’ भन्दै खनालको कृति ‘घुरको धुवाँ’मा मैथिल संस्कृति निर्धक्क बाँचेको बताए ।
साहित्यकार अनिता कोइरालाले पुस्तकले मधेसमा हुर्किएकाहरूलाई आफैं संलग्न भएको भान गराउने भन्दै मधेस बुझ्न चाहनेहरूका लागि पनि ‘एउटा चलचित्र जस्तै भएको बताइन् ।
कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले ‘घुरको धुवाँ’ मिथिलाको स्वाद बोकेर नेपाली साहित्य भण्डारमा आएको बताए । कार्यक्रममा प्रकाशन संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीका किरण थापा, कवि राजेन्द्र शलभ र लेखक खनालले पनि बोलेका थिए ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.